सदामको गोर्खा पाइप व्याण्डसित  एआर रहमान आकर्षित

गान्तोक, 10 जनवरी।


दक्षिण सिक्किमको सदाम उच्चत्तर माध्यमिक विद्यालयको गोर्खा पाइप ब्याण्डको चर्चा निरन्तर बढ्दो छ। गत 8 जनवरीको दिन सिक्किम रेड पाण्डा विन्टर कार्निवलको उद्घाटनमा खुबै रोचक प्रदर्शन गरेर वलिबुडका चर्चित संगीतकार एआर रहमानाको ध्यान आकर्षित गर्न सक्षम भएको छ। 2017 मा गठित यो ब्याण्डले केही दिन पहिलेमात्र पूर्वोत्तर राज्यको बीच सम्पन्न ब्याण्ड प्रतियोगितामा विजयी बनेर भारतको चारवटा क्षेत्र मध्ये पूर्वोत्तर क्षेत्रलाई प्रतिनिधित्व गरेर दिल्लीको ग्लोबल प्रतियोगितामा भाग लिने मौका पाएका छन्। 25 विद्यार्थीको सदस्य रहेको यो ब्याण्ड आज दिल्लीमा हुने प्रतियोगिताको निम्ति प्रस्थान गरेको छ। तर दिल्लीको निम्ति प्रस्थान हुन अघि चर्चित संगीत हस्ती एआर रहमानको मन जित्न सफल बनेको छ। यदी दिल्लीमा यो ब्याण्डले जितेको खण्डमा आगामी 26 जनवरीको गणतन्त्र दिवस परेडमा प्रदर्शन गर्ने मौका पाउने छ।

अर्कोतिर एआर रहमानको अघि उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनेको र संगीतकारको ध्यान आकर्षित गर्न सफल भएको यो ब्याण्डबारे रहमानले पनि चासो लिएका छन्। राज्यको परय्टन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछो भोटियाले भने, ब्याण्डको बारेमा रहमानले निक्कै सोधिखोजी गरे। उनले भने, ब्याण्डको प्रदर्शनीबारे प्रशंसा गर्दै कहाँको र कसले सञ्चालन गरिरहेको छ भन्ने जानकारी रहमानाले लिएका छन्। संगीत पारखी रहमानलाई आकर्षित गर्ने यो ब्याण्डले निकट भविष्यमा रहमानसित काम गर्न पाउने संकेत पनि पाएका छन्। उल्लेख्नीय छ 2017 मा गठित गोर्खा पाइप ब्याण्डले सिक्किम लगायत पूर्वोत्तरको विभिन्न ठाउँमा आफ्नो प्रदर्शन देखाइ सकेको छ। अर्कोतिर आगामी अप्रेल महिनामा एआर रहमान पुन सिक्किम आउनेछन्। यस समय निश्चित रूपमा गोर्खा पाइप व्याण्डको चर्चा हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares