You are here

समष्टि उपसभापतिको निधनमा शोकसभा

बिजनबारी, 11 जनवरी।


गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले पुल बिजनबारी समष्टि उप सभापति वक्तवीर भुजेल असामायिक निधनमा शोक प्रकट गरेको छ। स्वर्गीय भुजेलको निजी निवासमा दार्जीलिङ ब्रान्च कमिटी सदस्य आरसी गुरुङ, समष्टि सभापति गायेस सुब्बा, सचिव सुरेन गुरुङ लगायत विभिन्न जात गोष्ठी सङ्घ संस्थान तथा धार्मिक संस्थानका प्रतिनिधिहरूले शोक जनाए।

भुलेजको योगदान अमुल्य रहेको तथा उनको समयमा दुर्गम गोक दुई ग्राम पन्चायत शिक्षाको स्तरमा सुधार ल्याउन धेरैवटा प्राथमिक विद्यालय शिशु शिक्षा केन्द्रको निर्माण गर्न तथा कैंजलेदेखि कोलबोङ हुँदै नेजीसम्म पुग्ने बाटो निर्माणमा पनि उनको योगदान रहेको चर्चा गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares