कार्निभलमा पुतली र प्रकृतिबारे जागरूकता फैलाउॅंदै बामोस

गान्तोक, 11 जनवरी (हिस)।


भारतको लगभग 15 सय प्रजातिको पुतली मध्ये लगभग 7 सय प्रजातिको पुतली सानो हिमाली राज्य सिक्किममा पाइन्छ। प्रकृतिको रंगीन सिर्जनालाई संरक्षण गर्ने र युवाहरूमा प्रकृतिलाई बचाउने अभियानप्रति प्रोत्साहित गर्न बमोसले काम गर्दै आइरहेको छ। संगठन गठन भएपछि लगातार रूपमा पर्यापर्यटन पुतली र मथ संरक्षण तथा चरा संरक्षणको दिशामा प्रशस्त काम गरिरहेको बामोसले सिक्किम रेड पाण्डा विन्टर कानिर्भललाई युवाहरूलाई जागरूकता फैलाउने छुट्टै मंचको रूपमा उपयोग गरेका छन्।
बामोसका अध्यक्ष नवाङ ग्याछो भोटियाले भने, यो कार्निभलमा स्टल लगाएर हामीले विद्यार्थी र युवाहरूलाई पर्यावरण तथा प्राकृतिक संसाधनको संरक्षणबारे जागरूक गराउॅंदै यसबाट हुने जैविक फाइदाको निम्ति प्रोत्साहित गर्ने काम गरिरहेका छौ। यसमा पुतलीबारे वीडियो पोस्टर र विद्यार्थीहरूको निम्ति खाता र बिताबमा टास्ने नेमप्लेट निर्माण गरेर जागरूकता फैलाउने काम गरिरहेको बताए। यसैगरि बामोसका संयुक्त सचिव मात्रिका शर्माले भने, सिक्किममा रहेको जैविक फूलहरू हुने सबै ठाउॅंमा पुतली पाइन्छ।
तर, हामीले पुतली उद्यानको निर्माणलाई विशेष ध्यान दिएर होमस्टे चलाउनेहरूको निम्ति हाईब्रीड फूल नभएर पराम्परागत फूल लगाएर पुतलीको संरक्षण र पर्यटन व्यवासयसित जोड्न काम गरिरहेका छौ। बामोसको गठनपछि 80 देखि 150 वर्ष अघि मात्र सिक्किमेली पुतलीको इतिहासमा रिकर्ड गरिएको तीनवटा प्रजाति पुन: अविस्कार गरिएको बताए।
जसमा भूटान ट्री ब्राउन, ग्रेट हकी स्टिक सेलर र डार्क टिन्सेल प्रजातिका पुतली फेरी पनि सिक्किमको पुतलीको इतिहासमा रिकर्ड गरिएको छ। यस भन्दा अघि 80 देखि 150 वर्ष अघि ब्रिटीश र फ्रेन्च शोध कर्ताहरूले यी प्रजातिका पुतलीहरूको रिकर्ड राखेका थिए। अर्कोतिर पुतलीबारे विद्यार्थीहरूको चासो बढाउने 14 वर्ष मुनिका विद्यार्थीहरूको निम्ति आगामी 14 जनवरीको दिन सिक्किममा पाइने पुतलीको चित्र बनाउने प्रतियोगिता राखिएको छ।
एमजी मार्गमा 11 बजीदेखि 1 बजी सम्पन्न हुने प्रतियोगितामा विजयी विद्यार्थी प्रतियोगिहरूलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गर्नेछ। यस भन्दा अघि संगठनले विभिन्न ठाउॅंहरूमा अभियान चलाएर पुतली र पर्यावरण संरक्षणको निम्ति काम गर्दै आएको अध्यक्ष भोटियाले बताए।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares