You are here

कवि ‘लोहोरो’ उत्तरपूर्वी लेखक सम्मेलनमा भाग लिएर फर्किए

गान्तोक, 11 जनवरी (हिस)।

सिक्किमका एक सशक्त कवि अमर बानियॉं ‘लोहोरो’ दिल्लीमा आयोजित उत्तरपूर्वी लेखक सम्मेलनमा भाग लिएर फर्किएका छन्। दिल्लीमा चलिरहेको अन्तरराष्ट्रिय पुस्तक मेलामा साहित्य एकाडेमी, नयॉं दिल्लीले आयोजन गरेको थियो। नेपाली भाषाको प्रतिनिधिको रूपमा उनी दिल्ली पुगेका थिए। यस अवसरमा उनले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका​ थिए। भारतीय नेपाली साहित्यमा सशक्त रूपमा कलम चलाउॅंदै आएका कवि लोहोरोले विशेष कविता विधामा धेरै कृतिहरू प्रकाशित गरिसकेका छन्।

अहिलेसम्म दशवटा कृति प्रकाशित गरिसकेका छन्। कविता बाहेक अनुवाद र कथामा पनि कलम चलाउॅंदै आएका छन्। एक हरफे कविताका सर्जकको रूपमा परिचित कवि लोहोरोले यस भन्दा अघि पनि साहित्य अकादमीको धेरैवटा कार्यक्रमहरूमा सहभागिता दिइसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares