You are here

सात दिवासीय नेपाल भ्रमण

मिरिक,11 जनवरी


आशिर्वाद ट्राभल्स मिरिकको आरोजनामा आयोजित सात दिवासीय नेपाल भ्रमणको शुरूवात हिजो बुधबारदेखि भयो। दीपमिलन प्रधानको संयोजकत्वमा चौबीस जनाको टोली भ्रमणमा छन् भने भ्रमणलाई शैक्षिक सँगै तीर्थ यात्राको रुपमा लिँदै पोखराको फेवतालमा बिराट साहित्यिक गोष्ठीको आयोजना गरिने प्रधानले बताए।

यात्रा टोलीमा रहेका कवि मनोहर शर्मा, बरिष्ठ समाजसेवी एंव चिन्तक, प्रकाशक दधिराम घिमिरे , शिक्षकगण केपी शर्मा र बीएम सुब्बा  अनि युवा कवि सुजित रामुदामुले फेवतालको तीरमा आ आफ्नो रचना प्रस्तुत गरेर भ्रमणलाई साहित्यिक आनन्ददायक बनाउँने प्रधानले बताए।

भ्रमणको पहिलो दिन धरानको विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थानहरूको भ्रमण गरिएको अनि आज दोस्रो दिन भगवान राम सीताको विवाह स्थान जनकपुरको विभिन्न स्थानहरुको भ्रमण गरिएको बताइएको छ। यो भ्रमणलाई भारत नेपाल मैत्री यात्राको रुपमा पनि हेरिएको प्रधानले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares