You are here

28 जनवरी गोरामुमोले दार्जीलिङमा विराट जनसभाको आयोजना गर्ने

दार्जीलिङ, 11 जनवरी: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 28 जनवरीका दिन दार्जीलिङ मोटर सट्याण्डमा विराट जनसभाको आयोजना गर्ने भएको छ। गोरामुमोले उक्त दिनको जनसभा ऐतिहासिक अनि भव्य हुने दावी गरेको छ। गोरामुमो अनुसार पहाडमा यस्तो जनसभामा धेरै वर्षपछि गोरामुमोले आयोजना गरिरहेको छ।

सुवास घिसिङले सिमलबारीमा छैटौँ अनुसूचिको मागमा यस्तै विराट जनसभा गरेका थिए। सिमलबारीमा सुवास घिसिङ छँदा भएको विराट जनसभापछि त्यस्तै जनसभा यो दोस्रो हुन गइरहेको गोराममुमोको दावी छ। गोरामुमो केन्द्रिय प्रवक्ता निरज जिम्बा अनुसार उक्त जनसभामा विगतका आन्दोलन र कलकत्तादेखि दिल्लीसम्मका सबै डेभलोपमेन्टबारे जनतालाई जानकारी गराइन्छ।

गोरामुमोले उक्त दिन छैटौँ अनुसूचिलाई केन्द्र गरेर नै दलीय अडान राख्ने सङ्केत छ। यसबाहेक गोरामुमोलाई पश्चिम बङ्गाल सरकारले दिएको डेभलोपमेन्टबारे पनि बैठकमा चर्चा गर्दै बोर्डको औचित्यबारे गोरामुमोले बुझाउने भएको छ। डेभलोपमेन्ट बोर्ड जनताको हितको निम्ति दिएकोले नै स्वीकार गरेको कुरा गोरामुमोले जनतालाई अवगत गराउने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares