You are here

विद्याज्योती एकाडेमीको वार्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

सन्जय निरौला/ बिजनबारी, 12 जनवरी: राधाकृष्ण ट्रस्ट पुलबजार बिजनबारीद्वारा सञ्चालित बिजनबारी भेकको एक मात्र सीबीएससी विद्यालय विद्या ज्योति एकाडेमीले विविध कार्यक्रम आयोजना गरी सम्मान कार्यक्रम सहित बार्षिक कार्यक्रमको आयोजना गरेको छ।

विद्यालय प्राङ्गनमा भएको कार्यक्रममा समीर गुरुङ म्यानेजर सेन्टरल कोअपरेटिप ब्याङ्क दार्जिलिङ, प्रमुख अथितीको रूपमा तथा खण्ड विकास अधिकारी  बिजनबारी कौशिक ब्यानर्जी विशिष्ट अथितिका रूपमा उपस्थित थिए। उनीहरूबाहे उप थाना प्रभारी पुलबजार थाना, अग्नि शमन अधिकारी, विद्यालय सञ्चालन समितिका वर्तमान तथा पूर्व सदस्यहरू, ट्रस्टका सदस्यहरू विद्यालयका शिक्षण तथा अशिक्षिण कर्मचारीहरू, अविभावक, विद्यार्थी तथा स्थानीयहरूको बाक्लो भीड थियो।

ट्रस्टका सभापति नरेश प्रधान तथा व्यवस्थापन समितिका सभापति प्रकाश शर्माको संयुक्त अध्यक्षतामा भएको कार्यक्रम तथा विद्यालयका प्राचार्य अरुण चौलागाईंले स्वागत मन्तव्य सँगै विधालयको वार्षिक प्रतिवेदनबाट  शुरुवात भएको कार्यक्रममा शिक्षाको क्षेत्रमा विद्यालयले गरेको योगदानकै कारण आज विद्या ज्योतिको नाम उच्च स्तरमा रहेको प्रमुख अथिती समीर गुरुङले बताए। कार्यक्रममा उनीवाहेक ज्ञानचन्द लामा सदस्य विद्यालय व्यवस्थापन समिति अशोक कुमार, मगरा ट्रस्ट सचीव तिलक प्रकाश गुरुङ, पूर्व शिक्षक प्रभारी नरेश प्रधान लगायतले सम्बोधन गरेका थिए।

दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा विद्यालयको नामलाई उच्च बनाएको भन्दै वर्ष २०१७ मा सी बी एस सीको बोर्ड परिक्षामा पहिलो दर्जाको अङ्क ल्याउने ४५ विद्यार्थीहरूलाई सम्मान जनाइयो। जसमा १० जना ९०% भन्दा अधिक २५ जना ७०% देखि ८०% तथा १० जना ६२% देखि ७०% ल्याउन सफल भएका थिए भने प्रियङ्का प्रधान सबै विषयमा १००% अङ्क ल्याउदै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई विधालयबाट १० हजार रूपियाँ सहितको सम्मान पत्र क्रमैले अनुस्का छेत्री तथा स्नेहा प्रधान ९८%, दोस्रोलाई ७००० सहित सम्मान पत्र, वर्षा छेत्री, आशिका गुरुङ तथा सिमरण छेत्री ९६% सहित तेस्रोलाई ५००० सहितको सम्मान पत्र लगायत ३९ जना विद्यार्थीहरुलाई सम्मानित गरेको थियो।

शिक्षकहरु विकास विस्मित राई तथा दिप्ती राईदारा संचालित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शास्त्रीय नेपाली हिन्दी लगायतका गीतहरूमा नृत्य समेत गरेका थिए भने प्रत्येक कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ समेत सम्मानित गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares