You are here

गोजमुमोले भेट्यो पञ्चायत अधिकारीः पञ्चायतले भन्यो-जबकार्डको लागि पैसा लाग्दैन

सजन शर्मा /सुके-पोख्रेबुङ 12 जनवरी।


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टिले विविध विषय लिएर पोख्रेबुङ ग्राम पञ्चायत एकमा भेटवार्ता गरि ज्ञापन बुझाएको छ। समष्टि अध्यक्ष नोवल बम्जन,सचिव मनोज राई तथा अन्यको अगुवाईमा गएको टोलीले एकाधिक विषयमाथि लामो चर्चा परिचर्चा गरेको प्रवक्ता अभिनय गुरूङले बताए।

नोवल बम्जनले गीताञ्जली योजनाको घर जुनसुकै पार्टीको भएपनि जेन्युन व्यक्तिको बनाइनुपर्ने माग राखे। जबकार्ड विषयमा बोल्दै तिनले पीजीपी दुइले पैसा लिएर जबकार्ड इस्यु गरेको आरोप लगाए। तथापि पीजीपी एकमा नयाँ जबकार्ड नआएको साथै जबकार्ड आएपछि उक्त कार्ड प्राप्त गर्न पैसा नलाग्ने पञ्चायत कार्यालयले बताएको छ।

विधवा भत्ता अनि वृद्ध भत्ताबारे सोध्दा आरएचएस लिस्टमा नाम भएको हुनपर्ने बताइयो तथा1995 को जनगणनाको आधारमा आरएचएस रहेकोले कोटा कम्ती रहेको पनि जानकारी गराइयो।

आईएवाइ अब पिएमएवाई हुने कुरा उठान गर्दै तर कहिलेदेखि पिएमएवाईको घर निर्माण हुन्छ सो अनिश्चित रहेको बताइयो। कारण आईएवाईको कतिपय पेमेण्ट अझै बाँकी रहेको जानकारी गराइयो। मधेसमा आईएवाई सकिएर पिएमएवाइ योजना शुरू भएको जानकारी गराइयो। उपस्थित पार्टीको प्रतिनिधि टोलीले यसै विषयलाई लिएर बिडियो र डिएम समक्ष पनि ज्ञापन बुझाउने निर्णय लिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares