दुई दिवशीय उत्तर बङ्गाल उत्सव शुरू, डा. पीडी भोटीयाद्वारा बीएसएलाई सहयोग राशि प्रदान

कालेबुङ, 12 जनवरी।

पश्चिम बङ्गाल सूचना तथा सांस्कृतिक विभाग कालेबुङद्वारा आजदेखि दुई दिवशीय उत्तर बङ्गाल उत्सव शुरू गरिएको छ। कालेबुङ जिल्लापाल डा विश्वनाथले आज उक्त कार्यक्रमको शुरूवात गरेका थिए भने न्यूउटीया गेटवेलका चिकित्सक तथा हालैमा बङ्ग रत्न पुरस्कारले सम्मानित डा पी डी भोटीया विशेष रूपमा उपस्थित रहेका थिए। डा भोटीयाले कार्यक्रम अन्तर्गत नै बङ्ग रत्न पुरस्कारमा प्राप्त गरेको 1 लाख रूपियाँ आज बाल सुरक्षा अभियानकी सिस्टर सुवेष्णालाई हस्तान्तरण पनि गरे। आफ्नो सम्बोधनमा डा भोटीयाले पुरस्कारसित प्राप्त भएको राशि सामाजिक उत्थानको निम्ति प्रयोग होस् भन्ने ठानेर नै बीएसएलाई आफूले हस्तान्तरण गरेको बताए।

कार्यक्रममा जिल्ला सूचना तथा सांस्कृतिक विभाग अधिकारी दिपक केरकेट्टा, जिल्ला पुलिस अधिकारी अजित सिंह यादव, बिन्नी शर्मा, नगरपालिका अध्यक्ष रबि प्रधान लगायत विभिन्न विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डा विश्वनाथले कालेबुङलाई उदारणीय जिल्लाको रूपमा खडा गर्न आफू प्रयासरत रहेको अनि यसको निम्ति सम्पूर्ण कालेबुङवासीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए। कार्यक्रममा विभिन्न विकास बोर्डका कलाकरहरू लगायत स्थानीय लोक कलाकारहरूले पनि मनोरञ्जनात्मक प्रस्तुतीहरू दिएका थिए भने डा पी डी भोटीयाले  पनि गीत प्रस्तुत गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares