You are here

ब्रिज अफ होप-ले गऱ्यो वितरण शैक्षिक सामग्री

विपल रसाइली, कालेबुङः 13 जनवरी।


कालेबुङ मङ्गल डाँड़ास्थित रहेको गैर सामजिक संस्थान “ब्रिज अफ होप” द्धारा विधार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाको प्रोजेक्ट सेन्टरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। जसमा ब्रिज अफ होपसित संलग्न रहेका 106 जना बाल बालिकाहरूलाई उक्त सामग्री वितरण हरेको हो।

कार्यक्रममा अतिथिहरूका रूपमा डेभ्लोपमन्ट प्राथमिक पाठशालाका प्रधान अध्यापक उदय प्रधान, शिक्षक सामुएल लेप्चा, बिलिभर चर्च अफ इण्डियाबाट सेविका सरिता राई रहेका थिए। मङ्गल डाँड़ा लगायत अन्य गाउँहरू छिबो बस्ती, तिरूवा गाउँ, अठ माइलबाट रहेका अर्थिक विपन्न परिवारका बाल बालिकाहरूलाई स्कूल व्याग, छाता, घरेलू सामग्री आदि वितरण गरिएको प्रोजेक्ट कोर्डिनेटर विशाल थुलुङले जानकारी गराएका छन्।

उनले अवगत गराए अनुसार अ चाइल्ट क्येर प्रोजेक्ट अफ बिलिभर इष्ट्रन चर्च अन्तर्गत यस योजनाबाट आफूहरूले यस कार्य गरेको भन्दै ब्रिज अफ होप अन्तर्गत विगत धेरै बर्षअघिदेखि अर्थिक विपन्न परिवारका नानीहरूको सामाजिक उत्थानका लागि काम गर्दै आइरहेको बताए।

उनीहरूको शिक्षा, स्वस्थ्या, आध्यात्म लगायतका विषयबारे नानीहरूलाई बिकास गराउनका लागि आफूहरू तत्पर रहेको थुलुङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares