रोमाञ्चक खेलमा केएफसी सिलिगुडी तथा सिजन तीनको उपविजेता रेडपाण्डा लामागाउँ गोल्डकपबाट बाहिरियो

सन्जय निरौला/ बिजनबारी,14 जनवरी: वार्षिक रूपमा लामागाउँ वेलफेयर सोसाइटीको आयोजनामा भइरहेको गोल्डकप प्रतियोगिता अन्तर्गत अन्तिम प्रि क्वाटर फाइनलमा मिरिक फूटबल क्लब तथा एथलेटिक्स फूटबल क्लब खरसाङ विजय भएको छ।

दिनको पहिलो म्याच सिजन तीनका उपबिजेता रेडपाण्डा नाम्ची बनाम मिरिक फूटबल क्लबमाझ भएको रोमाञ्च खेलको शुरुवाती गोल खेलको चौध मिनटमा रेडपाण्डाको आनन्द सुनुवारले गरेको भए पनि यो लामो समयसम्म रहन सकेन। खेलको छब्बीस मिनेटमा मिरिक फूटबल दलको पुजन मगरले बराबरी गोल गरेपछि म्याच अझै रोमाञ्चपुर्ण भएको थियो। एक एकको बराबरीमा शुरुआत भएको दोस्रो हाफमा मिरिकको अगाडि रेडपाण्डा नतमस्तक भएका थिए। खेलको पाँचौ मिनेटमा फुर्वा शेर्पाले मिरिकको निम्ति दोस्रो गोल गरेभने बायीसौ(२२) मिनेटमा पुजन मगरले गोल गर्दै  मिरिकलाई बिजयी बनाउदै क्वाटरमा पुऱ्याएको हो भने गत  सिजनको अन्तिम खेलसम्म पुगेको दल यस सिजनबाट बाहिरीएको हो।

अर्कोतिर सिलिगुडीको नामी फूटबल क्लब केएफसी आफ्नो चिर प्रतिद्वन्दी एथलेटिक्स खरसाङसँग भिडेको थियो। निक्कै रोमाञ्चपूर्ण भएको खेलमा यसपटक एथलेटिक्स खरसाङले बाजी मार्दै केएफसीको सपनाहरू चकनाचुर पारेको थियो। रोमाञ्चपूर्ण शुरुआत भएको खेलको 20 औँ मिनटमा राज रावतले  पहिलो गोल गर्दै खरसाङलाई बढत दिलाएको भए पनि केही सेकेन्डमा अभिशेष दर्जीले सिलिगुढीको पक्षमा गोल गर्दै म्याच बराबरीमा ल्याएका थिए।

एक एक गोलबाट शुरुआत भएको  दोस्रो हाफको 15 औँ मिनटमा कर्ण लिम्बुले दोस्रो गोल गर्दै खरसाङलाई बढतत दिलाएका थिए भने खेलको अन्तिम समयमा पुनः अर्को गोल गर्दै एथलेटिक्सले क्वाटरको टिकट पक्का गरेको हो।  दोस्रो हाफमा सिलिगुढीको राम राईले गोल गदै  म्याचमा फर्कने कोशिश गरेको भए पनि अन्तमा तीन दुईको झिनो अन्तरले म्याचबाट बाहिरिएको हो।

अण्डर १९ दलमा भारतको नेतृत्व गरिसकेका धिरेन थापा मुख्य निर्णायक भएको खेलमा नेपाली राष्ट्रिय दलमा समेत रहेका कर्ण लिम्बू, योगेस गुरुङ तथा विशाल राई एथलेटिक्स खरसाङको जर्सीमा मैदानमा उत्रेका थिए। यसभन्दा अगावै मिरिक फूटबल क्लब, दार्जीलिङ युनाइटेड, रङ्बुल फूटबल क्लब, डाइनोम दार्जिलिङ लगायत पाहुनो टोलिहरु डिमासा फूटबल क्लब असम तथा गान्तोक बोइज पहिले नै क्वाटर फाइनलमा पुगिसकेका छन भने क्वाटर फाइनल आगामी १५ जनवरीदेखि हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares