बेङ्गाल ग्लोबल बिजिनेस समिटमा विनय तामाङलाई निमन्त्रणा

दार्जीलिङ, 14 जनवरी: आगामी 16 अनि 17 जनवरीको दिन कलकत्ताको राजारहाटमा बेङ्गाल ग्लोबल बिजिनेस समिट 2018 सम्पन्न हुन गइरहेको छ। मुख्यमन्त्री ममता व्यानर्जी स्वयं पनि उपस्थित रहने उक्त बिजिनेस समिटमा जीटीए अध्यक्ष विनय तामाङलाई पनि विशेष निमन्त्रणा दिइएको छ। यसर्थ दार्जीलिङ पहाड़को प्रतिनिधित्व गर्दै विनय तामाङले पनि उक्त बिजिनेस समिटमा भाग लिनेछन्।

उक्त अन्तर्राष्ट्रियस्तरको बिजिनेस समिटमा देश- विदेशका प्रसिद्ध उद्योगपतिहरूले सहभागिता दिनेछन् भने दार्जीलिङ पहाड़मा उद्योग धन्धाको सम्भावनालाई लिएर उक्त उद्योगपतिहरूबीच जीटीए अध्यक्ष विनय तामाङले पनि सम्बोधन गर्नेछन्। दार्जीलिङ पहाड़को प्रतिनिधिलाई यस प्रकारको अन्तर्राष्ट्रियस्तरको बिजिनेस समिटमा निम्ताइएको दार्जीलिङ पहाड़को इतिहासमा नै पहिलोचोटि रहेको विनय तामाङ स्वंयले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।

‘पहिलोचोटि देश- विदेशका उद्योगपतिहरूमाझ दार्जीलिङका प्रतिनिधिले पहाड़मा उद्योग- धन्धाको सम्भावनाबारे वक्तव्य प्रस्तुत गर्नेछन्। यसलाई दार्जीलिङको उद्योग व्यवसायको निम्ति महत्वपूर्ण रूपमा लिन सकिन्छ। किनभने यदि कुनै पनि उद्योगपतिले दार्जीलिङ पहाड़मा निवेश गर्न राजी भएको खण्डमा दार्जीलिङ पहाड़को बेरोजगार युवापीढ़िलगायत पहाड़को आर्थिक व्यवस्थामाथि पनि ठूलो सहयोग पुग्नेछ’-विनय तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares