You are here

गैरसरकारी संस्था एचएसड्ब्लुओ-को मासिक सभा सम्पन्न

रिमल मोक्तान/पेशोक: १२ जनवरी: लप्चु अनि पेशोक चियाबारीमा सामजिक सेवा पुर्‍याइरहेका एक गैरसरकारी संस्था हिल सोसियल वेलफेयर सोसाइटीको मासिक सभा सम्पन्न भयो। परियोजना संयोजक गोविन्द प्रधानको विशेष उपस्थितिमा सम्पन्न उक्त मासिक सभामा सह-संयोजिका अनुजा तामङले विगत १०५ दिन बन्द देखि दिसम्बर २०१७ सम्ममा सम्पादन गरिएका कार्यहरूको समीक्षा गरियो। सह-संयोजिका तामङले सभा सञ्चालनन गर्दै यतिका बर्षहरू बितेर गए भने यत्रो कार्यहरूबाट समुदायले के प्राप्त गरे भनी स्टाफहरबबाट जानकारी माग्दै आगामी दिनमा गरिनु पर्ने कार्यहरूको सूचि तयार पारियो।

सभाअवधि स्टाफ रूपेश राईले यहाँबाट कौशल विकास अन्तर्गत बाहिर पठाइएका युवाहरू आधा काम छोडेर आएकोबारे जानकारी गराए। तिनले अझ जनाए अनुसार कतिपय भाषागत् समस्याहरूसँग जुझ्नपर्ने स्थितिबारे जानकारी गराए। उसरी नै प्रशिक्षण पछि ती युवाहरूलाई क्षेत्रीय स्तरमै रोजगारको व्यवस्था वा नियुक्तिको व्यवस्था गरिए उचित हुने सुझाउ रूपेश राईले राखे भने फिलिप तामाङले स्थानीय युवाहरूले आफ्नो घरमै बसेर कसरी आय आर्जन गर्न सक्छन् भन्ने सोच्नु आवश्यक रहेको बताए। यसरी नै बाह्रवटा केन्द्रका प्रभारीहरूले आ-आफ्नो सुझाव राखे भने कतिपय सुझाउहरूलाई कार्यनीतिमा ढाल्नुपर्ने जोड दिए।

सभामा आगामी फरवरीमा टीडीएचबाट हुने भ्रमणबारे जानकारी गराइयो भने युवा कार्यशाला, बाल अनि युवाहरुको फूट्बल टुर्नामेन्ट, बाल अधिकार, युएनसीआरसी माथि बाल संघका नानीहरुलाई ट्रेनिङ दिइने आदि प्रस्ताव ग्रहण गरियो। सभामा अन्य विषयबारे पनि चर्चा गरिएको परियोजना संयोजक गोविन्द प्रधानले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares