You are here

साङ्गसेमा गोजयुमोको जनसभा: ‘युवा मोर्चा नयाँ सोच लिएर समाज पुर्ननिर्माणको अभयानमा लागेको छ’

कालेबुङ, 13 जनवरी: ‘गोर्खा जनमुक्ति युवा मोर्चाले नयाँ सोच अनि समाज पुनर निर्माणको अभियानमा, लागेको छ। यहाँका युवाहरू अव बिदेशतिर जाने बाध्यता पर्दैन। किनभने उनीहरू आफ्नै पौरखले जीवन धान्ने क्षमता गोजयुमोले बनाउने छ।’ गोर्खा जनमुक्ति युवा मोर्चा जिल्ला समिति प्रवक्ता अमिर वस्नेतले यस्तो बयान दिएका छन्। 39 नम्बर समष्टि अन्तर्गत साङ्गसेको खड्ग खेल मैदानमा आयोजित गोजयुमोको जनसाभालाई सम्बोधन गर्दै उनले युवा मोर्चाले नयाँ सोच लिएर काम गर्ने बताएका हुन्।

मोर्चा नेता एस. टी राईको सभापतित्वमा सम्पन्न जनसभामा गोजमुमो कालेबुङ सहरीया समिति संयोजक विदुर राई प्रमुख अतिथि थिए। अहिलेसम्मकै आन्दोलनमा युवाहरू राजनैतिक हतियारको रूपमा प्रयोग गरिएको प्रवक्ता अमिर वस्नेतले बताए। सोही कारण पनि शिक्षित युवाहरू रोजगारको खोजीमा विदेसिनु बाध्य भएको उनको अभिव्यक्ति थियो। अब गोजयुमोले नै युवाहरूलाई रोजगारको अवसर प्रदान गर्ने उनले बताए। यसैले अब गोजयुमोले विकासको गोरेटो पहिलाएर युवाहरूलाई स्वरोजगार बनाउने बताए।

जनसभालाई सम्बोधन गर्दै गोजमुमो संयोजक विदुर राईले नविन तरिकाले युवाशक्तिलाई समेटेर समाज निर्माण गर्ने बताए। युवाहरूका विचारलाई प्राथमिकता दिएर विकसित समाजको धरातल खड़ा गर्ने उनको अभिव्यक्ति थियो। यसका निम्ति आज 39 नम्बर समष्टिमा युवा मोर्चाको समिति गठन पनि गरिएको उनले जनाए। अब मोर्चाले रोजगारको अवसर जुटाउँदै जाति उन्मुक्तिको लड़ाईँका लागि मानसिक तयारी भइरहेको उनले बताए। जनसभालाई युवा मोर्चा खण्ड 3 संयोजक सन्दीप कुलुङ, जिल्ला समिति कार्यकारी सदस्य विनय दियाली, इम्मानुएल राई, असित राई, सागर राई आदिले सम्बोधन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares