You are here

गोजमुमो तीनधारे महानदी समष्टीको साङ्गठनिक सभा

खरसाङ, १४ जनवरी: गोजमुमो तीनधारे महानदी समष्टीको साङ्गठनिक सभा समष्टी सभापति रविन सुब्बाको अध्यक्षतामा घैयाबारीस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। सभालाई समष्टीको सह सचिव नारायण छेत्रीले सञ्चालन गरेका थिए। सभामा समष्टीको तर्फबाट हालैमा जेलमुक्त भएर आएका युवा मोर्चाको घैयाबारी खण्ड समितिको सभापति राजु छेत्री र चुनभट्टी नारी मोर्चा सदस्या गीता तामाङलाई समष्टीको तर्फबाट सम्मान गरियो।

समष्टी सभापति रबीन सुब्बा र महासचिव संजीव लामा र समष्टीको अन्य पदाधिकारीहरूबाट दुवैलाई सम्मान गरियो। सभामा समष्टीको महासचिव संजीव लामाले सबैलाई एकता भएर रहने अनि अब भावनात्मक रूपमा राजनीति नगरेर बौधिक राजनीति गर्नपर्ने बताए। तिनले समष्टीको सबै कार्यहरु मिलेर गर्नुपर्ने र अब हामी अन्यौलमा पर्नु हुँदैन तर दर्शन बोकेर राजनीति गर्नुपर्छ भन्दै अागामी २१ जनवरीमा सुकनामा हुने जनसभामा तीनधारे महानदी समष्टी नजिक रहेको कारण सबै उपस्थित हुने आह्वान गरे।

तिनले अनित थापाको जनसभा तीनधारेबाट शुरु भएर सुकनामा महाजनसभामा परिणत भईरहेको पनि बताए। समष्टीको सभापति रबीन सुब्बाले सांगठनिक गतिविधि तेज गर्न पर्ने बताउँदै सानो सानो कुरामा मन दुखाएर हुँदैन बरु यसको सबै समाधान गर्नु पर्ने बताउँदै २१ जनवरीमा हुने जनसभामा सबैलाई उपस्थित हुन आह्वान गरे।

सभामा जेलमुक्त भएर आएका युवा मोर्चाको घैयाबारी खण्ड समितिको सभापति राजु छेत्रीले आफु गोर्खाल्याण्डको निम्ति जेल गएको बताउँदै अहिलेसम्म आन्दोलन योजनाविहीन र भावनात्मक रूपमा मात्र भएको बताए ।तिनले आफुलाई जेलमुक्त गर्न जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष अनित थापाले सहयोग गरेकोमा धन्यवाद पनि दिए।

तिनले आगामी २१ जनवरीमा हुने जनसभामा तीनधारे महानदी समष्टीको युवाहरुलाई लिएर भोलेन्टियर गठन गर्न पनि सुझाव दिएका छन्। त्यसरी नै जेलबाट रिहा भई आएकी गीता तामाङले पनि आफ्ना अनुभवहरु बताइन् भने तिनी जस्तै जेलमा रहेका अन्याहरुको रिहाईको लागि सहयोग मागिन्। सभामा समष्टीको सांगठनिक सचिव उतम छेत्री, डीटीडीपीएलयु खरसाङ महकुमाको सदस्य गणु छेत्रीले पनि सम्बोधन गरेका थिए।  सभामा समष्टीको उपाध्यक्ष राजु लामा, राजीव थापा, सह सचिव नारायण छेत्री, सांगठनिक सचिव कुमार छेत्री, खरसाङ महकुमा समितिको सदस्य सागर गुरुङ लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares