मुख्यमन्त्री चामलिङले गरे पशुपालन विभागसॅंग बैठक

गान्तोक, 23 जनवरी।


राज्यका मुख्यमन्त्री पवन चामलिङले सोमबार मुख्य सचिवलगायत पशुपालन एवं पशु चिकित्सा सेवा विभागका वरिष्ठ अधिकारीहरूसित बैठक आयोजन गरेर विभागको कामकाज र अन्य विषयहरूको जानकारी लिए। बैठकमा व्यापक चर्चा—परिचर्चापछि जनशक्तिको कमीलाई पूरा गर्नको निम्ति 20 पशु चिकित्सा अधिकारी, 11 बीओ (मत्स्य), 11 मत्स्य पालन गार्डका साथै अन्य विभिन्न पदहरूमा पनि आवश्यकता अनुसार नियुक्ति गर्ने निर्णय लिइएको जानकारी आइपीआर विभागले दिएको छ।
बैठकमा पूर्व सिक्किमको सामदोङ र मल्लीडॉंड़ामा अवस्थित पशुचिकित्सालयलाई बढोत्तरी गर्दै पशुचिकित्सा अस्पताल बनाउने, कारफेक्टारको मदर डेरी फार्मलाई अझ सशक्त बनाएर आदर्श फार्म बनाउने जहॉं सिरी प्रजातिको गाय र अर्ना प्रजातिको भैंसी पालन सकिने छ, गायसॅंग भैंसी वितरण पनि शुरू गर्ने, खाद्य सुरक्षा एवं कृषि विभाग र सिक्किम मिल्क युनियनको सहयोगमा बायो—एनिमल फिड प्रयोग गर्ने, रम्फू र मल्लीमा राज्य बाहिरबाट ल्याइने पशुहरूको जॉंचको निम्ति ठाउॅं स्थापना गरिने निर्णयहरू लिइएको छ। यसरी नै राज्यमा ट्राउट माछा पालन प्रोत्साहित गरिने, असला माछाको प्रजननको निम्ति फार्म स्थापना गरिने, तिब्बती भेड़ाको संख्या बढाउन पहल गरिने तथा मासु उत्पादनमा आत्मनिर्भर बन्न सिंगारे प्रजातिको बाख्रा पालन शुरू गर्ने जस्ता निर्णयहरू लिइएको छ।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares