एलर्जी छु मन्तर

डा. पिङ्की


 एलर्जीको समस्याबाट जो पनि ग्रसित हुनसक्छ। मौसम बदलिँदै छ। यो समय जाड़ोको धूलो-माटो प्रदूषित मिस्ट अनि फगको कारण एलर्जीको समस्या उब्जिनु सक्छ। त्यसैले समय हुँदै एलर्जीबाट सजग रहे, यो समस्याबाट हामी छिट्टै निजात पाउनेछौँ।

एलर्जी यस्तो समस्या हो, जसको प्रभावमा हामी अशान्त बन्छौँ। एलर्जी खाद्य पदार्थ, कपड़ा, मौसमको बदलाव वा आनुवंशिक कारणले  गर्दा हुन्छ भने धुलो-माटो, धुवाँ, पालतू पशु जस्तै कुकुर, बिरालो, खरायो, फूलको पराग-कण या एलोप्याथिक दवाईको रिएक्शनले पनि उब्जिनु सक्छ।

सर्जी-खोकी, चिलाउनु अनि टाउको दुख्नु एलर्जीको प्रमुख लक्षण हो। सधैँ एलर्जीलाई मौसम सम्बन्धी समस्या सम्झेर नजरअन्दाज गर्ने गर्छौँ तर यही एलर्जीको प्रमुख रिजल्ट एस्थमा, COPD वा अन्य सास सम्बन्धी समस्या पनि हो।

 

एलर्जीको सामान्य लक्षण

एलर्जीबाट बाँच्नु हो भने पहिले हामीले एलर्जीले प्रभावित हुने शरीरको पार्टमा उब्जिएको लक्षणबारेमा विचार गर्नुपर्छ।

  1. कन्जक्टिवाइटिस

यो आँखाको एलर्जीको प्रकार हो। यो समस्या धूलो, धुवाँ, कन्ट्याक्ट लेन्स अनि सौन्दर्य प्रसाधनको प्रयोगबाट हुन्छ। कन्जक्टिवाइटिसमा आँखा रातो, रसिलो भएर चिलाउने गर्छ अनि आँखाबाट आँशु निस्किरहन्छ। बद्लिँदो मौसममा कन्जक्टिवाइटिसको समस्या बढ़ी हुन्छ।

  1. स्किन एलर्जी

शरीरको छालामा हुने यो एलर्जी काफी कमन हो। वर्षाकालमा  यसको आशङ्का बढ़ेर जान्छ। छालामा रातो रङको ऱ्यासेज, चिलाउने अनि दाना निस्कनु यसको प्रमुख लक्षण हो।

  1. फूड एलर्जी

कतिपय संवेदनशील व्यक्तिलाई खानपिनको वस्तु जस्तै दूध, अण्डा, सी-फूड, जङ्क फूड, चकलेट, च्याउ, किवी, स्ट्रबेरी आदिबाट एलर्जी हुन्छ। त्यसैले ख्याल गरेर यी वस्तुहरू खाना अभोइड गर्नु माननीय छ।

  1. शरीरमा एलर्जी

कतिपय व्यक्तिलाई पूरा शरीरभरि बिनाकारण एलर्जी हुने गर्छ। यदि यस्ता व्यक्तिलाई असाध्य पेट दुख्नु, उल्टी, छालामा मसिना फोका साथै ऱ्यासेज आए तुरन्तै रोगीलाई अस्पताल लान सुझाव गरिन्छ।

  1. दवाईबाट एलर्जी

कति व्यक्तिलाई विशेष प्रकारको दवाईबाट एलर्जी हुन्छ। यस्तोमा डाक्टरको सल्लाह बिना एलर्जीको दवाई खान हुँदैन।

घरमा एलर्जीको उपचार

  1. घरको वरिपरि फोहोर-मैला जम्मा हुन दिनु हुँदैन।
  2. बिहानपख घरको खिड़्की खोल्नु, ताकि घरमा ताजा हावाको प्रवेश बनोस्।
  3. जुन खाद्य पदार्थबाट एलर्जी हुन्छ, त्यसबाट टाड़ो रहनु।
  4. एकदम गर्मीबाट ठण्डा अनि ठण्डाबाट गर्मी वातावरणमा नजानु।
  5. दुइचक्के वाहनमा यात्रा गर्दा सधैँ मुख अनि नाकमा रूमाल बाँधेर आँखामा सनग्लास प्रयोग गर्नु।
  6. एलर्जीको समस्या भएको घरमा पलङच्यादर प्रत्येक दोस्रो दिनमा फेर्ने गरेर कमसेकम महिनामा एकपल्ट ओछ्यानको लुगा घाममा सुकाउने गरेमा एलर्जीको समस्या कम हुनसक्छ।
  7. यदि घरमा पालेका जनावरबाट एलर्जी हुन्छ भने यस्ता जनावरलाई घरमा नराखेको राम्रो हुन्छ।
  8. जुन पौधाको पराग-कणबाट एलर्जी हुन्छ, यसबाट टाड़ो रहनु।

धुलो-माटोबाट बाँच्नु। यदि प्रदूषित वातावरणमा काम गर्नु जरूरी छ भने फेसमास्क प्रयोग गर्नु अनिवार्य छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares