इको टुरिज्मः आँगनको रोजगार

घलेकान्छा


रोजगारको अवसर नपाइनु, राज्यबाट विकासको पहलहरू नहुनु, यहॉंका उद्योगहरू व्यवस्थित नगरिनु, लघु उद्योगहरू नखोलिनु, कृषिलाई प्राथमिकता नदिइनु अनि सरकारी सहुलियतहरू, आर्थिक आधारका भरपर्दा कुनै पहलहरू नहुनुहरूबाट नै छुट्टै राज्यको आवश्यकता ठानिएको जो कोहीलाई प्रश्न गर्दा पाइने उत्तर हो। रा

ज्य भए रोजगार मात्र होइन आर्थिक विकासका प्रशस्त मार्गहरू खोलिने छन्‌भन्ने आशामा छन्‌जनता। त्यो आशा पाल्नेहरूमा धेरै वर्ग भने शिक्षित्‌पर्छन जो डिग्री हातमा बोकेर रोजगारको निम्ति भट्‌किरहेका छन्‌। बुद्धिजीवीहरूको ठूलो समूह पनि छन्‌जोसित छुट्टै राज्यको आकांक्षा आर्थिक आवश्यकताको कारण नै बॉंचेको छ।

छिमेकी राज्य सिक्किममा भइरहेको विकास, त्यहॉंको बदलिँदो जीवनशैली, गाउँ-ठाउँको परिवर्तित अनुहार जसले छुट्टै राज्यको आकांक्षालाई अझ गाड़ा बनाउँछ, यता। राज्य भए पनि देखेको सपना यति छिटो साकार हुनेवाला छैन जबसम्म राज्यलाई सुव्यवस्थित बनाउने परिकल्पनाहरूको निमार्ण हुने छैन।

जसले माग्यो के उसैले फयाट्‌फयाट्‌ रोजगार पाउने हो त हाम्रो आफ्नै नयॉं राज्यमा? जनतालाई आर्थिक रूपमा बलियो बनाउन अघि राज्य आफै पूर्ण सबल अनि सुव्यवस्थित हुन जरूरी छ। राज्य विकासको निम्ति सरकारी क्षमतामा रहेका परियोजना, अर्थ, सहुलियत नीतिलाई कसरी कार्यान्वयन गरिने हो,त्यसले निर्धारण गर्नेछ एउटा सुखी राज्यको मानचित्र। सुखी राज्य निर्माणको निम्ति आर्थिक सम्भाव्यताका त्यस्ता धेरै मार्गहरू निर्धारण गरेर त्यसलाई फसलमुखी बनाउन अनिवार्य छ।

जहॉंबाट बेरोजगारहरूले आफ्नो जीविकोपार्जनको सूत्र केलाउन सकून्‌। पहाड़को जुन सुन्दरता छ त्यसलाई मात्र प्याकेजिङ गर्न सकिए दार्जीलिङ पहाड़को निम्ति एउटा दह्रो आधार तयार हुनेछ। किन भने पर्यटन पहाड़को निम्ति एउटा यस्तो फसल हो जहॉंबाट परिश्रमी नागरिकहरूले जीविकोपार्जनको दह्रो आधार पाउन सक्नेछन्‌।

अहिले इको टुरिज्म विश्वमा नै करोड़ौंको उद्योग बनेको छ। भारतको सबै क्षेत्रलाई इको टुरिज्मको उद्योग सुलभ सुन्दरता प्राप्त छैन जुन सौन्दर्य पाएको छ पहाड़की रानी दार्जीलिङले। 21 वर्षभित्र दार्जीलिङ क्षेत्रभित्र यति बिघ्न बेरोजगारहरूको खेती गरिएको छ, उनीहरू सबैलाई रोजगार उपलब्ध गराउन नयॉं राज्यलाई अझ एक्काइस वर्ष नै लाग्नेछ। त्यसकारण अहिलेदेखि नै पहाड़मा स्वरोजगारको आधारहरू तयार गर्न आवश्यक छ।

ती नै आधारहरूमध्ये इको टुरिज्म एउटा यस्तो आधार हो जहॉंबाट कम्ति निवेशमा धेरै लाभ आर्जन गर्न सकिन्छ। जसलाई सुलभ आर्थिक सम्भावना क्षेत्र मान्दा पनि हुन्छ। दार्जीलिङ भन्ने बित्तिकै चिया मात्र सोंचिने कुरो धेरैलाई थाहा छ तर दार्जीलिङ भन्ने बित्तिकै विश्वमा नै चर्चित पर्यटन क्षेत्र हो भन्ने कुरा पनि थाहा हुनुपर्छ।

चियालाई कम्पनीकरण गरिएकोले चियाबाट पाउनुपर्ने सुविधाहरूबाट श्रमिकवर्ग वञ्चित छन्‌, जसको निम्ति युनियन, राजनैतिक दलहरूले आवाज उठाइरहेका छन्‌। तर पर्यटन उद्योग कुनै कम्पनीबाट सञ्चालित छैन। पहाड़को सुन्दरताबाट पश्चिम बंगाल सरकारले अहिलेसम्म जति लाभ उठाएको छ त्यो पहाड़को मानिसहरूको असचेतनाको कारण हो किन भने पहाड़का शिक्षितहरू सॉंच्चै शिक्षित हुन्‌भने पहाड़को सुन्दरतालाई रोजगारको रूपमा स्वीकार गरेर त्यहॉंबाट नगद उद्योग गर्थे।

अहिलेसम्म पनि शिक्षितहरूले पहाड़को सुन्दरताको फाइदा लिन नसक्नु एउटा विडम्बना नै मान्दा हुन्छ। एक विदेशी पर्यटक पहाड़को चोखो खोलामा नुहाउन चाहन्छन्‌, खोलाको ढुङ्गामा उत्तानो परेर सन बाथ गर्न चाहन्छन्‌। पट्टेर विल्डिङहरूको जंगल जस्तो महानगरबाट भागेर पहाड़का रूखहरूको छहारीमा बस्न चाहन्छन्‌। बॉंसको खाटमा सुत्न चाहन्छन्‌। डॉंड़ामा उभिएर सक्दो सिरिरि हावालाई फोक्सोमा पुर्‍याउन चाहन्छन्‌।

सुन्दर रमणीय ठाउँमा बनाएको चित्राको घरको खरको छानामुनि रात बिताउन चाहान्छन्‌। गाउँको गोबर मलमा उम्रिएको साग-पात, बस्तीको कुखुराको अण्डा, फापर, कोदोको रोटी, गुन्द्रुक, इस्कुस र त्यसको जरा, फर्सी, डल्ले खोर्सानी, धानको चामल खान चाहन्छन्‌। उसिनेका पिड़ालु, सिमल तरुल, घर तरूल, सखर खण्डलाई अचारसँग मज्जाले बिहान ब्रेक फास्ट खान चाहन्छन्‌।

हामीले उहिलेदेखि खॉंदै आएका यी परिकारहरू जसलाई प्याकेजिङ गरेर प्रयोग गर्न सके प्रशस्त पैसा छ। हाम्रो निम्ति दिनचर्या बनेको अभ्यस्त बचॉंइ उनीहरूको निम्ति स्वर्ग रहेको कुरा के तपाईंलाई थाहा छ? उनीहरूको चाहनालाई हामी आय स्रोत बनाउन सक्छौं। इको टुरिज्म गाउँ-बस्तीमा हुने यस्तो फसल हो जसलाई आर्थिक आय स्रोतको रूपमा स्थापना गर्न सकिए सम्भावित नयॉं राज्यको एउटा बलियो रोजगार कारखाना बन्नेछ ।

गाउँमा हुने स-साना खोला, रमिते डॉंड़ा, नागबेली बाटो, खेतबारी, चियाबारी इको-टुरिज्मको फसल हुने क्षेत्र हुन्‌। खोलाको बगरमा आफ्नै बारीमा पाइने बॉंसद्वारा बनाइएको स-साना घरहरू, बसेर रमिता हेर्ने हावा घर, भान्सा घर अनि त्यहॉं घरमा नै पाइने साग-पात, कोदो, फापर, बस्तीको चामल, मकै आदिको पकवान पर्यटकहरूलाई दिइने खाना पनि यस्तै हुन्छन्‌। जसको जोहो गर्न त्यति खर्च लाग्दैन।

विदेशबाट करोड़ौको खर्च गरेर पर्यटकहरू किन पहाड़ आउँछन? उनीहरू शहरी जीवनबाट भाग्न चाहन्छन्‌अनि केही समय भए पनि सुन्दर वातावरणमा, पर्यावरणमा रमाउन चाहन्छन्‌। शहरमा हुने विल्डिङहरू जसको कारण उनीहरू घामसम्म देख्न पाउँदैनन्‌। बस्तीमा झुल्किने घाम हेर्दै उनीहरू नाङ्गो पाइतालाले माटो, झारहरू टेकेर हिँड्न चाहन्छन्‌। पहाड़को शितल हावालाई सकुञ्जेल तानेर फोक्सोमा पुर्‍याउन चाहन्छन्‌। यस्तै उनीहरूको चाहनालाई एउटा उन्नत्‌व्यापार बनाउन सकिँदैन र?

दार्जीलिङमा इको टुरिज्मको निम्ति यस्ता प्रशस्त ठाउँहरू छन्‌जसलाई पर्यटनीय फसलको निम्ति प्रयोग गरेर आर्थिक लाभ उठाउन सकिन्छ। अहिलेसम्म ओझलमा परेका यस्ता ठाउँहरूलाई स्वरोजगारको रूपमा स्थापना नगरेर के गाउँ-बस्तीका बेरोजगारहरू अझसम्म भट्‌किरहने त?पर्यटकहरू शहर बजारमा होइन गाउँ-बस्ती घुम्न चाहन्छन्‌।

बजारमा ठूला-ठूला होटलहरू खड़ा गरेर पर्यटन व्यवसाय चलाइरहेका निकायहरूसित सम्बन्ध स्थापना गरेर गाउँ-बस्तीमा पर्यटकहरू झिकाउन तालमेल मिलाउन इको-टुरिज्म गर्नेहरूको मुख्य दायित्व हुन्छ। अहिले ठूला-ठूला महानगर, बजारको कोलाहल, भागदौड़, असम्वेदनशीलता, प्रदूषण, झगड़ा, लुटमार, आतङ्‌क, विस्फोटहरूबाट उच्चवर्गीय जमात गाउँमुखी हुँदै गएको बेला छ।

गाउँमुखी बनेका उनीहरूको चाहनालाई इको-टुरिज्मको बाटोमा हिँड़ाएर पहाड़को उकालो, भिरालो, पाखा, मैदान, खोला, बस्ती ल्याउन सकिए पहाड़का बेरोजगारहरूले कतै पलायन नभई घरमा नै बसी लाखौं कमाउन सकिन्छ। सकिँदैन र?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares