नेताजीको 122औं जयन्ती पालन

दार्जीलिङ, 23 जनवरी।


जीटीए र राज्य सरकारका सूचना अनि सांस्कृतिक विभागले आज प्रथमपल्ट यहाँ संयुक्तरूपमा नेताजी सुभाषचन्द्र बोसको 122औं जन्म जयन्ती पालन गर्यो। यहाँको लाडेनला रोडस्थित नेताजीको सालिगमा माल्यार्पण गरिएपछि शुरू गरिएको नेताजी जन्म जयन्तीको अवसरमा दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्त, महकुमा अधिकारी ए. च्याटर्जी, राज्यको सूचना अनि सांस्कृतिक विभाग अधिकारी जगदीशचन्द्र राय, जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी निर्देशक सुदेन छिरीङ भोटिया साथै अन्य अधिकारीवर्ग उपस्थित थिए। यहाँको लाडेनला रोडमा अवस्थित नेताजीको सालिगमा माल्यार्पणको कार्यक्रमपछि चौरास्तामा विविध कार्यक्रममाझ नेताजीको जन्म जयन्ती पालन गरिएको थियो, जसमा स्वतन्त्र संग्रामी हेलेन लेप्चाकी नातिनी रूपा लेप्चा र गागा छिरीङ डुक्पाका नाति निमा छिरीङ डुक्पालाई पनि सम्बर्द्धना जनाइएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares