You are here

आदिवासी संस्कृतिमाथि कार्यक्रम

मनोहर शर्मा ,मिरिक / 23 जनवरी


मिरिक महकुमा अन्तर्गत पानीघट्टा गिरमीट लाईन स्थित आदिवासी साँस्कृतिक वेलफेयर सोसाइटीले भारतको लोक प्रसार प्रकल्प अन्तर्गत खरसाङ सूचना तथा साँस्कृतिक बिभागको सहयोगमा आदिवासी जातिको संस्कार संस्कृतिलाई लिएर एक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ओस्कर तिर्कीले गरेका थिए भने सचिव कृष्ण रौतियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खरसाङ सुचना तथा सँस्कृति बिभागका फुर्बा छिरिङ शेर्पा रहेका थिए भने ओस्कर तिर्कीले यो प्रकारको कार्यक्रमले जातिको संस्कार संस्कृतिलाई सुरक्षा गरी हक र अधिकारको लागि अघि बढने प्रेरणा दिइने बताए।

कार्यक्रममा आदिवासी कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। यस अघि सोसाइटीले एक य्रालीको आयोजना गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares