आमाको गीत गाएर नवनीतले नचाइन् कालेबुङलाई

कालेबुङ, 3 फरवरी।

प्रख्यात गायिका हिरादेवी वाईबाकी छोरी नवनीत वाईबाले आज मेला ग्राउण्डमा दर्शकहरूलाई नाँच्न बाध्य बनाइन्।

आमा हिरादेबी वाईबाको प्रख्यात गीतहरू गाएर नवनीतले दर्शकहरूलाई मन्त्रमुग्ध बनाइन्। तामाङ विकास एवं सांस्कृतिक बोर्डद्वारा मेला ग्राउण्डमा आयोजना गरिएको दुई दिवसीय सोनाम लोछारको पहिलो दिन बेलुकीपख नवनीत कुटुम्ब ब्याण्डसित मञ्चमा आएकी थिइन्।

आफ्नी आमालाई साँचो श्रद्धाञ्जली दिन उनकै गीतहरू गाएपछि प्रसिद्धि कमाएकी नवनीतले आज पनि स्वर्गीय हिरादेवी वाईबाको प्रसिद्ध गीतहरू फरिया ल्याइदेछन् त्यै पनि राता झनन, झिल्के नाँचेको देखेर, धनकुटाको डाँडै डाँडा आदि गीतहरू प्रस्तुत गरेकी थिइन्।

नवनीतको प्रस्तुतीपछि कुटुम्ब ब्याण्डले पनि दर्शकहरूलाई धेरै बेरसम्म मनोरञ्जन प्रदान गरेको थियो। भोलि कार्यक्रमको दोस्रो दिन एड्रिन प्रधान, रबिन एण्ड रिभोल्यूसन ब्याण्डले प्रस्तुती दिने जानकारी आयोजक पक्षले दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares