You are here

पिताको हत्या गरेको आरोपमा तीन छोरा पक्राउ

कालेबुङ, 13 फरवरी।


कालेबुङमा तीन छोरा मिलेर आफ्नो पिताको हत्या गरेको घटना सार्वजनिक भएको छ। कालेबुङको लोले ग्राम पञ्चायत पर्ने दुनमा 19 जनवरी राती 70 वर्षीय कुबेर राईलाई आफ्नै तीन छोराले हत्या गरेको बताइएको छ। कालेबुङ पुलिसले पिताको हत्या गरेको आरोपमा  मनि कुमार राई (३८), सुनिल राई (३६) र पूर्ण राई (२६)-लाई पक्राउ गरेको छ।

जानकारी पाइएअनुसार तीन छोराले पिताको हत्या गरेर घरपछाडीको जमिनमा गाडेका थिए। गाउँलेलाई उनीहरूले लडेर उनको मृत्यु भएको भन्दै अन्तिम संस्कार गरेका थिए। तर गाउँलाई कुबेर राईको मृत्युमा शङ्का थियो। यसै शङ्काको आधारमा स्थानीय मोर्चा नेता युडेन लेप्चाले कालेबुङ थानामा एउटा प्राथमिकी दर्ता गरेका थिए। त्यसपछि नै पुलिसले उनीहरूलाई पक्राउ गरेको हो।

बताइएअनुसार कुबेरको परिवारमा धेरैदिनदेखि घर झगडा चलिरहेको थियो। छोराहरूले निरन्तर मातेर आएर कुबेरले झगडा गरेको गुनासो सबैलाई सुनाउँथे। रातदिन झगडा गर्ने पितालाई झेल्न नसकेर तीन छोराहरू मिलेर उनको हत्या गरेको पुलिसले जनाएको छ।

कुबेरको मृत्यु मातेर लडेर भएको भन्दै उनको अन्तिम संस्कार विधिपूर्वक नै गरिएको थियो। मृतकको पत्नी कुबेरको मृत्यु भएको रात घरमा थिइनन्। राई विधिमा कुबेरको अन्तिम संस्कार भइसकेको थियो। तर केहीदिनपछि वाट्सएपमा कुबेरको लाशको फोटो भारइल भयो। जुन फोटोमा कुबेरको निधारमा गहिरो चोट देखिएको थियो। फोटो भाइरल हुनसाथ उनको मृत्युलाई लिएर शङ्का उत्पन्न भयो। गाउँमा तीन छोरा मिलेर पिताको हत्या गरेको शङ्का तीब्र बन्यो। यसै शङ्काको आधारमा लेप्चाले प्राथमिकी दर्ता गरेका हुन्।

तीन छोराहरूलाई कालेबुङ न्यायालयमा उभ्याइयो। केरकारको निम्ति पुलिसले उनीहरूलाई तीनदिनको रिमाण्डमा राखेको छ। थाना टोलीले डिप्युटी म्याजिस्ट्रेट एस. साहको उपस्थितिमा गाडिएको शव खनेर निकालेर कालेबुङ अस्पतालमा पोस्ट मार्टमको निम्ति पठाइएको छ। शवको निधारमा गहिरो चोट पाइको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares