You are here

युवा साहित्यमा कर्ण

सञ्जय निरौला, बिजनबारी, 13 फरवरी


बिजनबारी भेगका चर्चित युवा कवि कर्ण विरहले १५ फरवरी साहित्य आकादामी दिल्लीले आयोजना गरेको युवा साहिती (New harvest ) कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दैछन्।

वार्षिकरूपमा हुने यो उत्सव हिजोदेखि शुरु भइसकेको छ। उत्सव  १७ फरवरीसम्म हुनेछ। १५ फरवरी हुने युवा साहितीमा कर्णले सहभागिता कार्यक्रममा  भारतभरिका मान्यताप्राप्त २२ वटा भाषाका युवा साहित्यकारहरुले भाग लिनेछन्। उनीहरूले अङ्ग्रेजी तथा हिन्दीमा आफ्ना कविता सुनाउनेछन् भने युवा सर्जकहरूबीच चर्चा पनि हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares