You are here

सुकना गोल्ड कप : युनाइटेड दार्जीलिङ विजयी

सजन शर्मा, सुके-पोख्रेबुङ, 13 फरवरी।


सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन तत्वावधानमा आयोजित 13 सुकना गोल्ड कप च्यालेञ्ज फूटबल टुर्नामेण्टको एउटा म्याच युनाइटेड दार्जीलिङ बनाम युनाइटेड सिक्किममाझ सोमबार सम्पन्न भयो। खेल शुरू भएको 14 मिनटमा युनाइटेड दार्जीलिङका जर्सी नम्बर 10 गणेश लिम्बुले टीमको पक्षमा पहिलो गोल गरे।

पहिलो गोलको जवाफ दिँदै युनाइटेड सिक्किमका जर्सी नम्बर 10 मयल डाकले खेलको 55 मिनटमा एक गोल गरेर म्याचलाई बराबरीमा पुऱ्याए। यसपछि भएको टाइ ब्रेकरमा युनाइटेड दार्जीलिङका जर्सी नम्बर 17 आशिष देवानले टीमको पक्षमा एक गोल गर्न सफल बने। 3 को विरूद्ध चार गोल गर्दै युनाइटेड दार्जीलिङ विजयी बन्यो। टुर्नामेण्टको मेन अफ द म्याच मयल डाकलाई घोषित गरियो। यस अवसरमा 12 एसएपीले ब्रास व्याण्ड डिस्प्ले गरेको केएफसी प्रमुख सुरेन प्रधानले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares