You are here

अनुसूचित जातिले उठायो जीटीएमा आसन आरक्षणको माग

दार्जीलिङ, 13 फरवरी।


अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घले फेरि जीटीएमा आसन आरक्षणका साथै 100 प्रतिशत रोस्टर लागू गर्ने आवाज चर्को बनायो। आज यसै माग लिएर सङ्घको एक प्रतिनिधि टोलीले जीटीए अध्यक्ष विनय तामाङसित भेट गऱ्यो।

यसैको जानकारी गराउँदै सङ्घका महासचिव रिमेश मोथेले भने, दार्जीलिङमा जिल्ला परिषद् हुँदा उक्त व्यवस्थामा अनुसूचित जातिको लागि आरक्षण थियो, नगरपालिका, पञ्चायत आदिमा पनि आरक्षण दिइएको छ, तर दार्जीलिङ पहाड़मा क्षेत्रीय व्यवस्थाको रूपमा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-को गठन भएदेखि यता अहिलेसम्म क्षेत्रीय व्यवस्थामा आसन आरक्षणको कुनै सुविधा उपलब्ध गरिएको छैन।

रिमेश मोथेले भनेअनुसार, दार्जीलिङ पहाड़ी इलाकामा अनुसूचित जातिको जनसंख्या 17.19 प्रतिशत छ भने अनुसूचित जनजातिको जनसंख्या 21.15 प्रतिशत छ। यसको आधारमा जीटीएमा अनुसूचित जातिको लागि 5 देखि 6 वटा आसन आरक्षण हुनपर्ने हो, तर अहिलेसम्म पनि यो नियम लागू गरिएको छैन। यसैले यस विषयमा जीटीएले उचित पहल गर्नुपर्ने सङ्घको माग छ। यसरी नै सङ्घले दार्जीलिङ पहाड़का उच्चत्तर विद्यालयहरूमा  अनुसूचित जातिका उम्मेद्वारहरूले पाउनुपर्ने शिक्षकको नियुक्ति पनि अड्किएर बसेको बताउँदै यसमाथि पनि ठोस पहल हुनपर्ने माग गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares