प्रशिक्षण केन्द्रको उद्घाटन, मणि ट्रष्टद्वारा कालेबुङको हस्तशिल्पको गरिमा फर्काइ ल्याउने प्रयास

कालेबुङ, 13फरवरी।

कालेबुङको भालुखोप ग्राम पञ्चायत अन्तर्गत राई गाउँमा आज कालेबुङ क्राफ्ट प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। मणि ट्रष्टको पहलमा स्थापना गरिएको उक्त प्रशिक्षण केन्द्र स्थानीय महिलाहरूलाई स्व-निर्भर बनाउने उद्देश्य लिएर शुरू गरिएको हो।

इप्लोइमेन्ट अपरच्युनिटी फर लाइवलीहुड योजना अन्तर्गत पश्चिम बंगाल खादी एवं भिलेज इंडस्ट्रीद्वारा प्रशिक्षण केन्द्र स्थापित गरिएको हो । राई गाउँको परिमल परिवारद्वारा आजको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा मणि ट्रस्टका ट्रस्टी महेश दाहालले केन्द्रको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले महिलाहरूलाई स्वनिर्भर बनाउन पश्चिम बंगाल सरकारद्वारा हर स्भव सहयोग प्रदान गरिने बताए। गुणस्तरीय सामाग्री तयार गरिए उक्त सामाग्रीहरूलाई बजार व्यवस्थान गराउने पहल पनि चाँडै नै  गरिने उनले बताए। कार्यक्रममा रिजवान रहमान, भानु राई, प्रशिक्षक बिष्णु योञ्जन, परिमल समाजका अध्यक्ष दिलीप राई, सचिव मदन राई, प्रोजेक्ट अफिसर पासङ्ग शेर्पा आदि उपस्थित रहेका थिए।

यता ट्ष्टका अध्यक्ष सुवास एम. सिंहले दार्जीलिङ पहाडका महिलाहरू आर्थिक रूपले पछाडिएको अनि उनीहरूको आर्थिक स्थितिलाई  सुधार्न नै यो पहल गरिएको बताए। एक समय विदेशमा पनि नाम कमाउन सफल अनि विदेशमा पनि माग रहेको कालेबुङको हस्त शिल्पलाई पुन: यसको गरिमा दिलाउने पक्षमा आफूहरूले कार्य गरिरहेको सिंहले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares