बम विस्फोटमा कङ्ग्रेस नेताको मृत्यु

कोडरमा, 13 फरवरी।

कङ्ग्रेस कमिटीको कोडरमा जिल्लाअध्यक्ष शंकर यादवको विस्फोटमा मृत्यु भएको छ। बम विस्फोटमा गाड़ीका चालक कृष्णा र प्राइभेट गार्डको अवस्था चिन्ताजनक छ। त्यहीं यो हत्यापछि क्षेत्रमा सनसनी फैलिएको छ। घटनास्थलमा एसपी शिवानी तिवारी एवं बरहीका विधायक मनोज यादव पुगेका थिए। यो सम्पूर्ण घटनाक्रमबीच ढुङ्गा खननको जमीन विवादको कारण बताइँदैछ।

बम विस्फोट यति डरलाग्दो थियो, गाड़ी पूर्ण क्षतिग्रस्त भएको छ। त्यहीं जिल्लाअध्यक्ष शंकर यादवको शव क्षतविक्षत भएको थियो। चन्दवारा थानाअन्तर्गत् ढाब थामस्थित खानी क्षेत्रमा यो दुर्घटना भएको हो। स्मरणरहोस्, यो त्यही क्षेत्र हो, जहाँ शंकर यादवलाई तीन महीना अघि गोली ठोकेर हत्या गर्ने प्रयास गरिएको थियो। त्यस समय गोली लागेर उनी लामो समयसम्म अस्पतालमा उपचाराधीन भएर मृत्युलाई जितेर जीवनमा फर्केका थिए। यो प्राणघातक हमलाको षड़्यन्त्र रच्नेको पहिचान भएको थियो, समयमा नै कारबाही गर्न पुलिस प्रशासन विफल बनेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares