रङबुल फाइनलमा

सन्जय निरौला, रिम्बिक, 28 फरवरी


युनाइटेड शेर्पा एसोसिएसनको आयोजन फेन्चेटार खेलमैदानमा भइरहेको तेञ्जिङ नोर्गे स्मारक कपको  पहिलो सेमिफाइनलमा रङबुलले दार्जीलिङ तरूण खेलकूद सङ्घलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

सोचेभन्दा  रोमाञ्चक रहेको पहिलो सेमिफाइनल खेलमा दुवै दलले एक पछि अर्को गोल गर्दै निर्धारित समय सम्म खेल तीन तीन गोलमा बराबरीमा रह्यो भने अतिरिक्त समयसम्ममा कुनै नतिजा निस्कन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो।

पाँच पाँच पेनाल्टी सुटआउट चलेको खेलमा रङबुलले तीन गोलको विरुद्ध  चार गोल गर्दै दार्जीलिङको फाइनलको आशालाई निराश बनाएको थियो। अर्कोतर्फ पहिलो चरणदेखि खुबै असल खेल प्रदर्शन गरेर फाइनलमा प्रवेश गरिसकेको रङबुल फूटबल कल्वलाई आयोजक समितिले शुभकामना प्रकट गरेका छन्।

लोधोमा थाना प्रभारी दालिम अधिकारी एएसआई गोपाल मण्डल लगायत अन्य समाजसेवीहरुको उपस्थितिमा भएको प्रथम सेमिफाइनल खेल हेर्न आउने दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।

दोस्रो सेमिफाइनल सन्जु फुटबल एकाडेमी सिक्किम अनि कर्मटार माझमा हुनेछ भने यस तेञ्जिङ नोर्गे स्मारक कपको फाइनल खेल 3 मार्च शनिबारको दिन हुने तथा यस समापन कार्यक्रममा  ख्यातिप्राप्त नेपाली गायक कर्म शेर्पाले आफ्नो सागितिक प्रस्तुति दिने तथा खेलमैदानमा सांस्कृतिक प्रस्तुति रहने आयोजक समितिले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares