डेन्जर जोनमा आकाश थापा

मुम्बईः सोनी इन्टरटेनमेन्ट टिभी-को रियलिटी शो सुपर डांसरको सिजन दुइमा आफ्नो नृत्य कलाको प्रतिभा दर्शाएर दर्शकहरूको मन जित्न सफल बनेका गोर्खे बाल कलाकार आकाश थापा यसपालि डेन्जर जोनमा परेका छन्। पारिवारिक सूत्रले बताएअनुसार शनिबार तदअनुसार 3 मार्चका दिन सोनी टेलिभिजनमार्फत् राति 8 बजी प्रसारण गरिएको सुपर डांसरको सिजन दुइको प्रकरणमा आकाश थापाले आफ्नो कलाको प्रस्तुति यथासक्य असल ढङ्गमा प्रकट गरे तापनि अघिल्लो साता उसले अधिक मत प्राप्त गर्ननसकेको कारण डेन्जर जोनमा परेको घोषणा कार्यक्रममा गरिएको छ।

यसैले शनिबारको प्रकरण हेरेपछि आकाशका प्रशंसकहरूले धेरभन्दा धेर मत प्रदान गरेर उसलाई यस डेन्जर जोनबाट उकास्नुपरेको छ भनी उनकी आमा मीना थापाले बताएकी छिन्। आकाशकी दिदी वर्षा थापाले बताएअनुसार शनिबार राति 8 बजीदेखि आइतबार बिहान 9 बजीसम्म अनि आइतबार राति 8 बजीदेखि सोमबार बिहान 9 बजीसम्म आकाशलाई नेटमार्फत् मत प्रदान गर्न सकिनेछ। यसका लागि आकाशलाई मन पराउने सबै दर्शकहरूले सुपरडांसर डट सोनीलिभ डट कम – (superdancer.sonyliv.com) – मा गएर इन्टरनेटमार्फत् भोट गरिदिने अपिल गर्दै बर्खा थापाले प्रतिभा प्रदर्शनका साथसाथै भोटको पनि महत्त्वपूर्ण योगदान रहेको जानकारी गराएकी छिन्।

हालसम्म आकाशलाई भोट गरेर प्रथम पाँचौँ स्थानमा पुग्न सफल गराइदिएबापत् समस्त कलाप्रेमी गोर्खा अनि गैर-गोर्खा समुदायलाई हार्दिक धन्यबाद प्रकट गर्दै उनले फेरि आकाशलाई डेन्जर जोनबाट उकास्ने आह्वान् गरेकी छिन्।
उल्लेखनीय छ, देहरादुन निवासी 13 वर्षीय बाल कलाकार आकाश थापाले सोनी टिभीको सुपर डांसरको सिजन दुइमा गत 6 महिनादेखि आफ्नो प्रतिभा प्रदर्शन गरेर नामीनामी सिनेहस्ती र निर्णायकहरूको मन जितिसकेका छन् भने हालमा उनी टप फोरको स्थानमा पुग्नलाई सङ्घर्ष गरिरहेका छन् जसका लागि दर्शकहरूको भोट नै सबैभन्दा महत्त्वपूर्ण हतियार रहेको छ।।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares