प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूले अब लेसन प्लान बुझाउनुपर्ने पाठशाला परिषद्को चेयरम्यानको निर्देश

खरसाङ, ७ मार्च।


पहाडको प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूले आगामी अप्रेल महीनादेखि लेसन प्लान बुझाउनु पर्ने जिल्ला प्राथमिक पाठशाला परिषद्का चेयरम्यान छिरिङ दाहालले निर्देशन दिएकी छन्। दार्जीलिङ जिल्ला प्राथमिक पाठशाला परिषद्को चेयरम्यान छिरिङ दाहालले बुधबार खरसाङ क्षेत्रको ९३ वटा प्राथमिक पाठशालाका प्रमुखलाई लिएर यहाँको गोर्खा जनपुस्तकालय भवनमा सभा गरिन्।

उक्त सभामा उनले पहाडको प्राथमिक पाठशालाका शिक्षा क्षेत्रमा विकासको लागि आवश्यक कदम उठाउँदै विभिन्न निर्देशन दिएकी छन्। उनले अबदेखि प्रत्येक शिक्षक शिक्षिकाले छुट्टी (सीएल)-को फाइल सठीक राख्नु पर्ने तथा अप्रेल महीनादेखि प्रत्येक शिक्षक शिक्षिकाले नानीहरूलाई पढाउन लेसन प्लान अनिवार्य रुपमा बुझाउनु पर्ने निर्देशन दिएकी छन्। पाठशाला परिषद्को चेयरम्यान छिरिङ दाहालले  पाठशालाहरूको परिदर्शन गरेको समयमा पाठशाला बन्द पाए सधैँको लागि पाठशालामा ताला लगाइदिने निर्देशन दिएकी छन्।

उनले भविष्यमा पनि विभिन्न पाठशालाहरूको परिदर्शन गर्ने भएको पनि जानकारी गराए। सभामा सर्वशिक्षा मिशनको तर्फबाट अनीश अली पनि उपस्थित थिए। उनले सबै पाठशाला प्रमुखहरूको समस्याहरू सुनेर समाधान गरिदिने वचन पनि दिए। सभामा दार्जीलिङ जिल्ला पाठशाला परिषद्को चेयरम्यान छिरिङ दाहाललगायत बडाबाबु प्रवीण घिसिङ, सदस्यहरू विशाल शर्मा,  ललित राई,  एचपीटीए सचिव सुमन प्रधान पनि उपस्थित थिए। सभामा जिल्ला प्राथमिक पाठशाला परिषद्को चेयरम्यान छिरिङ दाहालले दिएको निर्देशनलाई पालन गर्ने वचनवद्धता जाहेर गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares