मकैबारी चियाबारीमा रहल ५० प्रतिशत बोनस वितरण : छायो श्रमिक-कर्मचारीवर्गमा खुशी

खरसाङ, 6, मार्च


गत २२ फरवरी सिलगढीमा बङ्गाल सरकार, श्रमिक सङ्गठनहरु र चियाबारी मालिकवर्गमाझ भएको सभाको निर्णय अनुसार आज बुधबार खरसाङको मकैबारी चियाबारीमा रहल ५० प्रतिशत बोनस वितरण गरिएको छ।

सिलगढीको सभामा आगामी १० मार्चभित्र रहल ५० प्रतिशत बोनस वितरण गरिसक्नुपर्ने भएकोले आजसम्म पहाडको चियाबारीहरुमध्ये यही मकैबारी चियाबारीमा मात्रै रहल ५० प्रतिशत बोनस चियाबारी श्रमिकहरु र कर्मचारीवर्गलाई वितरण गरिएको छ।

मकैबारी टी कम्पनीको अधीनस्थ रहेको मकैबारी चियाबारीमा बुधबार बेलुकी समय रहल ५० प्रतिशत बोनस वितरण गरेकोले यहाँका श्रमिक-कर्मचारीवर्गमा खुशी झल्किएको छ। मकैबारी चियाबारीमा जम्मा ६०० जना श्रमिक- कर्मचारीहरुलाई कम्पनीको तर्फबाट जम्मा ३१ लाख रुपियाँ रहल ५० प्रतिशत बोनसको रुपमा वितरण गरिएको जानकारी गोजमुमो समर्थित श्रमिक सङ्गठन डीटीडीपीएलयुको केन्द्रीय सह सचिव राजेस थापाले दिएका छन्।

तिनले यसरी श्रमिक कर्मचारीहरुले पाउनु पर्ने रहल ५० प्रतिशत बोनस वितरण गरेकोमा मकैबारी चियाबारी प्रवन्धन पक्ष र मालिकवर्गलाई युनियनको तर्फबाट धन्यवाद पनि दिएका छन्। एउटा प्रश्नको उत्तर दिन्दै केन्द्रीय सह सचिव राजेस थापाले भने-‘सिलगढीको सभामा आगामी १० मार्चभित्र रहल ५० प्रतिशत बोनस वितरण गर्ने निर्णय भएको थियो, त्यसैको आधारमा मकैबारी चियाबारीमा वितरण गरिएको छ अनि पहाडको चियाबारीहरुमा सम्भवतः मकैबारी चियाबारी प्रथम चियाबारी हो जसले सभाको निर्णय अनुसार रहल ५० प्रतिशत बोनस वितरण गरेको छ।’

अर्को प्रश्नको उत्तरमा तिनले १० मार्चभित्र रहल ५० प्रतिशत बोनस वितरण नगर्ने चियाबारीहरुमा युनियनको तर्फबाट सशक्त कदम चाल्दै चियापत्ती बाहिर बिक्री गर्न लान रोक लगाउने कुरामा यथावत राख्दै बाहिर लान नदिने बताएका छन्।

तर मकैबारी चियाबारीमा त्यो प्रतिबन्ध रहने छैन कारण यहाँ रहल ५० प्रतिशत बोनस वितरण गरिएको छ भनी बताएका छन्। उलेख्य छ १०५ दिने बन्दको कारण पहाडको चियाबारीहरुमा दशैंको समयमा दिइने चियाबारी श्रमिक- कर्मचारीहरुको बोनस केवल ५० प्रतिशत मात्र वितरण गरिएको थियो। तर रहल ५० प्रतिशत बोनस अहिलेसम्म वितरण गरिएको थिएन।

युनियन र मालिकवर्गमाझ धेरैवटा सभाहरू बसेर रहल ५० प्रतिशत बोनस वितरण गरिनुपर्ने कुरामा छलफल भइरहेको थियो। यसैले विश्व प्रशिद्ध मकैबारी चियाबारीमा भने रहल ५० प्रतिशत बोनस वितरण गरिएको कारण यहाँका कर्मचारीहरू र श्रमिकहरमा खुशी झल्किएको छ।

अब पहाडको अन्य चियाबारीहरुमा पनि आगामी १० मार्चभित्र रहल ५० प्रतिशत बोनस कतिवटा दिन्छ कि दिँदैन अनि नदिए युनियनको पक्षबाट कस्तो पदक्षेप चालिनेछ भन्ने विषयमा सबैले जिज्ञासा राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares