सात वर्षिय बालिकासित दुष्कर्म, आरोपी पक्राउ

कालेबुङ, 9 मार्च।

अन्तराष्ट्रिय नारी दिवसको छेकमा विश्वभरि नारीहरूको सम्मान, अधिकार अनि विकासलाई लिएर नारा गुञ्जिरहेको समय यता कालेबुङमा भने 7 वर्षिय एउटी बालिकासित दुष्कर्म भएको घटना प्रकाशमा आएको छ।

कालेबुङ खण्ड-1 को तकना बस्तीमा उक्त दुष्कर्मको घटना भएको हो। घटनाअनुसार तकना निवासी 24 वर्षिय अमृत राईले एउटी 7 वर्षिय बालिकालाई गत 4 मार्चको दिन एक्लो भएको मौका पारेर दुष्कर्म गरेका थिए। पुलिसले दिएको जानकारी अनुसार उक्त बालिकाकी अभिभावकहरू नेपालमा कार्यरत रहेका छन् भने बालिका आफ्नी फुपुसित बस्दै आइरहेकी थिइन्।

4 मार्चको दिन घरमा कोही नभएको मौका पारेर आरोपी अमृत राईले बालिकासित दुष्कर्म गरेका थिए। घटनाबारे पछिबाट फुपुले थाहा पाएपछि परिवारपक्षबाट कालेबुङ थानामा आरोपी राई विरूद्ध एउटा प्राथमिकी दर्ता गरिएको थियो जसको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरिसकेको छ। आरोपी विरूद्ध पोक्सो एक्टको धारा 6 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares