अनित थापाले गरे सार्वजनिक भवनको शिलान्यास

खरसाङ, 11 मार्च


जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका उपाध्यक्ष अनित थापाले आज अधिनस्थ पब्लिक हेल्थ इञ्जीनियरिङ डिपार्टमेन्ट (पीएचई) द्वारा खरसाङ महकुमाअधिनस्थ सिमरिङ चियाकमान, दोकान डाँड़ा चियाकमान अनि डाक बङ्गलो मालुटार चियाकमानमा पेय जल परियोजना अनि खरसाङ इञ्जीनियरिङमार्फत सिमरिङ चियाकमानमा एउटा सार्वजनिक भवनको शिलान्यास गरे।

थापाले उक्त  परियोजनाहरू चाँड़ै पूरा गरेर क्षेत्रवासीहरूले दीर्घकालदेखि भोग्दै आइरहेको पानीको समस्या समाधान  गरिने बताएका छन्। उक्त क्षेत्रहरू धेरै अघिदेखि नै पानीको विकट समस्यासित जुझिरहेको छ। लामो समयदेखि उक्त समस्याको समाधान गर्ने कोशिष गर्दै आइरहेको भएतापनि आजसम्म समस्याको समाधान हुन नसकिरहेको बताउँदै जीटीए, बोर्ड अफ एडमिनिस्ट्रेटर्सको तत्परता अनि इच्छाशक्तिले यसपल्ट उक्त तीनवटा क्षेत्रको पानीको समस्या समाधान गर्ने पहल गरिएको उनले बताए।

‘हर सम्भव मानिसहरूको हरेक समस्याहरूको समाधान गर्दै लान हामी प्रतिवद्ध छौं। ढिलो- छिटो हुनसक्छ तर हामी सबैको समस्याहरूको समाधान गर्दै लानेछौं,’ थापाले भने।

उनले बताएअनुसार, जीटीएमार्फत पहाड़का मानिसहरूको बुनियाँदी समस्याहरूको समाधान गरी मानिसहरूलाई बुनियादी सुविधाहरू उपलब्ध गराउने जीटीएको मुख्य योजना रहेको छ। यही योजनालाई आत्मसात गरेर विभिन्न क्षेत्रहरूको विविध समस्याहरूको समाधानको दिशामा धमाधम कार्य पनि भइरहेको छ। आज आयोजित शिलान्यास कार्यक्रममा  जिल्ला स्कूल बोर्डका अध्यक्षा छिरिङ दाहाललगायत अन्य शीर्ष नेतृत्त्वहरूको पनि उपस्थित थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares