सन्दर्भ सौम्यजीत रोयको अडियो : विमल गुरूङले भने- आईसीको बयानबाट थाहा हुन्छ पहाडमा जलाउने, भत्काउने काम कसले र किन गरेको रहेछ

दार्जीलिङ, 11 मार्च


गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले दार्जीलिङ सदर थानाका आईसीको विबारदास्पद र घृणित टेलिफोनिक धम्कीबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै दार्जीलिङ, तराई डुवर्समा लोकतन्त्रको मृत्यु भएको भन्दै शोक प्रकट गरेका छन्।

आइतबार एक प्रेस विज्ञप्ति जारी उनले आईसीको टेलिफोनिक धम्कीलाई दार्जीलिङ, तराई डुवर्समा लोकतन्त्रको मृत्युसँग दाँजेका हुन्। पश्चिम बङ्गाल पुलिसले निर्दोष धेरै युबारहरूलाई बर्बरतापूर्ण ढङ्गमा गोली ठोकी हत्या गरेपछि पनि अझै यो आतङ्क जारी राखेको बताएका छन्।

गोर्खाल्याण्ड समर्थकहरूले कसरी राज्यको धम्की र अत्याचार सहिरहेको छ भन्ने कुराको सानो झलक यो अडियोले दिएको विमलको भनाइ छ।

“जुन राज्यलाई एउटी महिला मुख्यमन्त्रीले चलाइरहेकी छन्, उनकै पुलिसले कसैको आमा-बहिनीसँग दुष्कर्म धृष्टता देखाइरहेका छन्”, विज्ञप्तिमा उनले भनेका छन्। सन् 1986 मा गोर्खाल्याण्ड आन्दोलनकालमा पनि दार्जीलिङ पहाड़मा असंख्यौं आमा, दिदी-बहिनीसँग बङ्गाल पुलिसले बर्बरतापूर्ण ढङ्गमा दुष्कर्म गरेको गुरुङले उल्लेख गर्दै विज्ञप्तिमा थप भनेका छन्, “दार्जीलिङ सदर थानाका आईसी सौम्यजीत रोयले अडियोमा जसरी बोलेका छन्, त्यसले उनीहरूले मनोस्थिति प्रदर्शित गर्छ। उनीहरूले स्वतन्त्रताको स्वरलाई दबाउन तानाशाही व्यवहार अप्नाइरहेका छन्।”

विमलले विज्ञप्तिमा आफू पीड़ितहरूको पक्ष र उनीहरूको समर्थनमा रहेको बताउँदै यस्ता निन्दानीय व्यवहार र राज्य आतङ्कविरुद्ध सबै एकजुट हुनपर्ने आह्वान गरेका छन्। उनले आफू सधैं देशको सिद्धान्त सत्येमेव जयतेमा विश्व गर्ने बताएका छन्।

“म विश्वास छ, सत्यको जीत हुन्छ। पानीमाथिको ओभानो हुने जति नै प्रयास गरे तापनि बङ्गाल सरकार र पुलिसको साँचो अनुहार उदाङ्गो भएको छ”, मोर्चा प्रमुख विमल गुरुङले भनेका छन्। उनले विज्ञप्तिमा थप लेखेका छन्, “यदि तपाईले त्यो अडियो ध्यानपूर्वक सुन्नभए, एक ठाउँ ‘धेरै घर जलायौं’ भनी ती आईसीले स्वीकार गरेका छन्। यो बयानले दार्जीलिङ पहाड़मा कसले आतङ्क मच्चाउँछ भन्ने सत्यता देखाएको छ।”

दार्जीलिङ पहाड़का भएका सबै आगजनी र हिंसाको एनआई र सीबीआई जाँचको सर्वोच्च न्यायालयद्वारा अनुगमन गरिनुपर्ने मागमा प्रधानमन्त्री र गृहमन्त्रीलाइ पत्राचार गर्ने पनि गुरुङले विज्ञप्तिमा बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares