जीएनडव्ल्यूओ समष्टि समिति गठन गरिने

सजन शर्मा, ११ मार्च


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टिले नारी सङ्गठन जीएनडव्ल्युओ समष्टि समिति गठनबारे बैठक गऱ्यो।  विजय राईको संयोजनमा बसेको बैठकमा विभिन्न शाखा प्रशाखाबाट आएका समर्थकहरूको उपस्थिति थियो। मनु राई, सुशिका प्रधान, ललिता राई, प्रभा सुब्बा, गायत्री राई तथा अन्यले जीएनडव्ल्यूओ गठनको औचित्य अनि यसको महत्वमाथि आफ्ना सुझाउ राखे।

दार्जीलिङ ब्राञ्च सदस्य योगेन प्रधानले आफ्नो सम्बोधनमा छैटौं अनुसूचीले मात्र जातिको दीर्घकालीन समस्या सामधान भएर जाने बताउँदै छैटौं अनुसूचीको माध्यमबाट सबै वर्ग र तहका गोर्खाहरूको सर्वाङ्गीन विकाश हुने बताए।

२५ मार्च ब्राञ्च कमिटी अनि समष्टि समितिको संयुक्त तत्वाधानमा जनसभा गरिने अनि यसै दिन जीएनडव्ल्यूओ समष्टि समिति गठन गरिने उनले जनाए। सभालाई समष्टि सचिव मनोज राई, तरूण राई तथा अन्यले पनि सम्बोधन गरेका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares