ममता ब्यानर्जी आइपुगिन् दार्जीलिङ

दार्जीलिङ, 12 मार्च: 104 दिनको बन्दपछि दोस्रोपल्ट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज दार्जीलिङ आइपुगिन्। पछिल्लोपल्ट जुन 2017 मा मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आउँदा भाषा विवादको कारण व्यापाक रूपमा विरोधको सम्मुखिन हुन पुगेपछि त्यसै बेलादेखि 104 दिनसम्म दार्जीलिङ पहाड बन्द शुरू भएको हो।

बङ्गला भाषालाई अनिवार्य गराउने नीतिविरूद्ध दार्जीलिङका जनताको विरोधको सम्मुखिन हुन पुगेपछि कलकत्ता फर्किएकी मुख्यमन्त्री ममता ब्यानर्जी केही समयअघि रोहिनी रोडको उद्घाटन गर्न पहाड आएकी थिइन् भने आज पुन: दोस्रोचोटी दार्जीलिङ चडेकी हुन्।

मुख्य गरी 13 अनि 14 मार्चका दिन दार्जीलिङमा सम्पन्न भइरहेको दार्जीलिङ हिल बिजिनेस समिटमा अङ्शग्रहण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएकी हुन्। आज साँझ 5.30 बजीतिर कढा सुरक्षा व्यवस्थाबीच मुख्यमन्त्री दार्जीलिङ आइपुगेकी छन्।

बिजिजिन समिटको पहिलो दिन चौरस्तामा उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीले सहभागिता जनाउने छन्। यसरी नै दोस्रो दिन 14 मार्चमा पनि  मुख्यमन्त्रीको उपस्थितिमा व्यवसायलाई लिएर अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न हुनेछ। अन्तर्क्रियात्मक कार्यक्रम सकेर 15 मार्चका दिन दार्जीलिङ टुरिस्ट लजमा एमएसएमई( माइक्रो स्मल मिडियम इन्टरप्राइजेस)-को आयोजनामा 10 देखि 2 बजीसम्म अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न हुनेछ। त्यसदिन प्रगतीशिल कृषकहरूलाई सम्मान जनाइने कार्यक्रम पनि रहेको छ। 13 अनि 14 मार्चको बिजिनेस समिटमा मुख्यमन्त्रीको उपस्थिति रहेपनि 15 मा मुख्यमन्त्रीको उपस्थितिबारे भने निश्चित छैन।

स्मरण गारइन्छ, यसअघि 5 मार्च 2017 का दिन मुख्यमन्त्री ममता व्यानर्जी मिरिक आएकी थिइन्। बङ्गला भाषा अनिवार्य गराउने विषयलाई लिएर विवाद चलिरहेको समय मुख्यमन्त्रीको उपस्थितिमा 8 मार्चका दिन दार्जीलिङमा राज्य क्याबिनेटको बैठक भएको थियो भने त्यसैबेला भानुभवनमा झमेला उत्पन्न भएको थियो। त्यसबेला मोर्चाको प्रदर्शन शुरू गरेपछि भोलिपल्ट नै मुख्यमन्त्री कलकत्ता फर्किएकी थिइन् भने त्यसैबेलादेखि दार्जीलिङ अशान्त भएको थियो। यसपछि मुख्यमन्त्री दोस्रोपल्ट दार्जीलिङ आएकी हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares