गोलटार भ्यू पोइन्टमा सफाई कार्यक्रम

सजन शर्मा, सुकेपोखरी, 12 मार्च।


सुके सिमाना क्षेत्रको लोकप्रिय पर्यटन केन्द्र गोलटार भ्यू पोइन्ट परिसरमा स्वच्छ भारत अभियानअन्तर्गत सरसफाई कार्य सम्पन्न भयो। भ्यू पोइन्टको निकटवर्ती क्षेत्र सिमाना बजारका युवा जमातको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रममा सुके थानाका एसएसआई राजकुमार प्रधान एवं अन्य पुलिस कर्मी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, स्वनिर्भर दलका कार्यकर्ता, भ्यू पोइन्टका व्यवसायीवर्ग, सिमाना बजारका फुर्बाछिरिङ शेर्पा, गोविन्द सुब्बा, दावाछिरिङ तामाङ, नोर्साङ शेर्पा, रञ्जित छेत्री, रञ्जित थापा आदिको उपस्थिति रहेको थियो।

सफाई अभियानमा जुटेका युवाहरूले भ्यू पोइन्ट परिसरका जताभावी फ्याँकिएका फोहोर मैलाहरूलाई व्यवस्थित गरे। पर्यटन केन्द्रको सुन्दरता र स्वच्छतालाई ध्यानमा राखेर अव्यवस्थित रूपमा फोहोर मैला नफ्याँकिदिने अनुरोध अभियानमा संलग्न युवाहरूले गरेका छन्। अबउसो लापरवाहीपूर्वक मैला कुचेला फ्याँकिएको भेट्टाइए प्रशासनले कार्वाही गर्ने बताइएको लाक्पाछिरिङ शेर्पाले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares