सिक्किममा झरी र हिउँले अचानक जाडो बड्यो

गान्तोक, 12 मार्च।


सिक्किमको चर्चित पर्यटकीय स्थल छाङ्गू, नाथुला, बाबा मन्दिर क्षेत्रमा विगत दुइ दिनदेखि व्यापक हिमपात भएको कारण राज्यमा अचानक जाडो बडेको छ। यसैगरी राजधानी गान्तोकमा आज दिनभरि हल्का झरी परिरह्यो। जसले गर्दा राजधानीमा अचानक गर्मी घटेर जाडोको प्रकोप फर्किआएको छ। राजधानी गान्तोकमा झरीले गर्दा पारा घटेको छ। अर्कोतिर पर्यटकहरूको निम्ति हिमपातले रौनकता थपेको भए पनि अहिले छाङ्गू, नाथुला र बाबा मन्दिर जाने बाटो जवाहरलाल नेहरू रोडको 15 माइलसम्म व्यापक हिमपात भएको कारण चेकपोष्ट पुलिसले पर्यटकहरूको निम्ति परमिट जारी गरेको छैन।

हिजो दिनभरि कुनै पर्यटकीय वाहनहरूलाई उक्त इलाकामा जाने अनुमति दिइएन। यद्यपि आज पुलिसले 15 माइल क्योङनस्ला क्षेत्रसम्म भने पर्यटकहरूलाई जाने अनुमति दिएको भए पनि अपरान्हदेखि नै हिउँ र झरी पर्न थालेपछि पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याउने पहलमा जुट्यो पुलिस। उल्लेखनीय छ गान्तोकमा पनि झरी परेको कारण छाता ओडेर शहरमा निस्कनेहरूको संख्या अचानक बढेकोले बर्खा लागेको जस्तो अवस्था सिर्जना भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares