फेरि दार्जीलिङमा असिना पानी, यातायातमा असुविधा

दार्जीलिङ, 12 मार्च।


आज फेरि दार्जीलिङमा असिना अनि सन्दकफू इलाकामा हिउँ नै पर्यो। हिजो साँझपख दार्जीलिङमा पानी पर्नसाथ सन्दकफू इलाकामा हिउँ पर्न शुरू गरेको थियो। जहाँ लगभग 3 इञ्चसम्म हिउँ जमेको कारण आज सन्दकफूबाट 8 गाड़ी पर्यटक सन्दकफू गएको सिंहलीला ल्याण्डरोभर एसोसिएशनका सचिव अनिल तामाङले बताए। उनले भने-11,600 फीट उचाईमा अवस्थित सन्दकफू इलाकामा रातीको समय तापमान धेरै घटेको थियो, जसको कारण यस इलाकामा हिमपात भएको हो। यसरी नै हिजो रातीको समय 2,560 मिटर उचाईंमा अवस्थित टाइगर हिलको तापमान पनि व्यापक मात्रामा घटेको थियो, तरै पनि यहाँ हिमपात हुनै सकेन। यसैबीच, आज अपरान्ह लगभग 3 बजी दार्जीलिङमा केही समय गतिलैसित असिना परेको थियो, जसको कारण यहाँको तापमानमा व्यापक ह्रास आएको छ। अचानक दार्जीलिङमा परेको असिना-पानीको कारण यहाँको सामान्य जनजीवन पनि केही क्षण अस्त-व्यस्त बनेको थियो।

यता लप्चू पेशोक क्षेत्रमा पनि आज केही घाम लागेर राहत दिए तापनि अपराह्नदेखि मौसम बिग्रेपछि अचानक हुरीसँगै पानी परेकोले केही क्षण अस्त व्यस्त बन्यो। प्रत्यक्षदर्शी किशोर कुमार राईले जानकारी गराए अनुसार असिना करीब ६ देखि ८ इञ्च सम्म थियो भने प्रत्येक यात्री वाहक सवारी साधनहरुलाई आ-आफ्नो गन्तव्यमा पुग्न् समस्या देखिएको थियो। यता लप्चू अनि तकदाह चियाबारीमा कार्यरत चिया श्रमिक एवं कर्मचारीलाई पनि  चिसोको कारण काम गर्न असुविधा भएको जान्नमा आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares