साई समिति रेलिङको आयोजनामा रक्तदान शिविर

सन्जय निरौला, रेलिङ, 12 मार्च।


मानव सेवा नै माधव सेवा भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै श्री सत्य साई सेवा समिति रेलिङ तथा रक्त विभाग जिल्ला अस्पताल दार्जीलिङको संयुक्त आयोजनामा रेलिङ उच्चतर माध्यमिक विद्यालय भवनमा एक दिवसीय रक्त दान शिविरको आयोजना गरियो।

कार्यक्रममा डीएमओ दार्जीलिङ डा. कुमार तथा थाना प्रभारी भुषन छेत्रीलगायत समिति अधिनस्थ मण्डलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। लामागाउँ, साम्सु, खोलाघारी, लोवर रेलिङ, बीच रेलिङ, सेङेनटारलगायत गाउँका विभिन्न सङ्घ संस्थाका सदस्यहरूसितै इसाई समुदायका सदस्य तथा थाना प्रभारी एवं अन्य आठ पुलिसका जवानहरू लगायत ५० जनाले कार्यक्रममा रक्तदान गरे।

जसमध्ये ४३ युनिट रगत ब्लड ब्याङ्कले लिएको छ भने सातजनाको रगतमा केही समस्या देखा परेको बताइएको छ। हामी केवल आफ्नो निम्ति मात्रै नभएर अरूको निम्ति पनि सहयोगी हुनपर्ने तथा रगतको सानो सहयोगले जीवन बाँच्ने सत्य तथ्यलाई सबैले बुझ्नुपर्ने समितिका आध्यात्मिक संयोजक कमल पोख्रेलले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares