नशालु पदार्थसहित युवक पक्राउ

टिस्टा, 12 मार्च।


टिस्टा पुलिसद्वारा आज एक युवकलाई नशालु पदार्थ सहित पक्राउ गरिएको छ। पुलिस चेकपोस्ट ओसी सरन सार्कीले दिएको जानकारीअनुसार टिस्टाको कपुर बस्ती निवासी मनबहादुर थापाका छोरा गणेश थापा (26) लाई आज नशालु पदार्थ सहित पक्राउ गरिएको हो।

आज चेकपोस्ट अघि शङ्काको आधारमा गणेश थापालाई रोकेर तलाशी गर्दा 96 वटा खुल्ला प्रोक्सिभोन केप्सुल, 22 बोतल एस्कोडायल कफ सिरफ भेट्टाइएको हो। उक्त मामिला लिएर यता कालेबुङ थानामा पनि केश दर्ता गरिएको सार्कीले थप जानकारी गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares