टिस्टाभेल्लीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

कालेबङ, 13 मार्च:  मानव उत्थान सेवा समितिको आयोजनामा टिस्टाभेल्ली शाखामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भयो। मङ्पु तहशिल प्रभारी अलकानन्द बाईजीको विशेष उपस्थितिमा सम्पन्न शिविरमा सिलगढी ग्रेटर लाइन्स हस्पिटलका डाक्टर एवं स्वास्थ्यकर्मीहरूद्वारा मानिसहरूको आँखा जाँच गरिएको थियो।

स्थानीय सन्तोष छेत्री अनि खुशबु गिरीले दिएको जानकारी अनुसार शिविरमा मोठ 98 जना रोगीहरूले आँखा जाँच गराए। शिविरमा सिलगडीबाट डा. राकेश डे, सञ्चिव नागी, अमर छेत्री, निमु लामा, विकास छेत्री साथै टिस्टाभेल्लीबाट डीके बमजन, सर्मिला पार्खिन, कमला राई आदिको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares