पोख्रेबुङकी किशोरी कर्नाटकाबाट उद्धार

सुकेपोखरी, 13 मार्च ।


सुकेपोखरी थानाअन्तर्गत सल्लाबारी पोख्रेबुङकी एक 16 वर्षीय किशोरीलाई कर्नाटकाबाट उद्धार गरियो। सुके थानाका एएसआई सञ्जय छेत्रीले दिएको जानकारी अनुसार किशोरी गत 9 फरवरी देखि निखोज थिइन्। सुके प्रशासनको सक्रियतामा 6 मार्च 2018 मा उनलाई उद्धार गरियो। किशोरीलाई अपहरण गरेको आरोपमा कर्नाटकाका अशोककुमार सिंह अनि नरेन्द सिंहलाई पक्राउ गरिएको छ। आरोपीद्वय विरूद्ध धारा (अण्डर सेक्सन) 363 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares