बङ्गाल र सिक्किमको वाहनहरूको काउन्टर साइनको झमेला, सम्झौता रद्द भएको बङ्गाल सरकारबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन : परिवहन सचिव

 

गान्तोक, 14 मार्च।


सिक्किम र बङ्गाल सरकारबीच व्यावसायिक वाहनहरूलाई लिएर रेसिपोकल एग्रिमेन्टको आधारमा जारी गरिने काउन्टर साइन परमिटलाई लिएर सिक्किमका वाहनहरूले धेरै कष्ट खप्नु परेको कारण विवाद शुरु भएको छ। अल सिक्किम ट्रक ड्राइभर एण्ड ओनर्स एसोसिएशनले दुवै राज्यले मिलेर समाधान निकाल्नु पर्ने माग गरेको छ।

एसोसिएशनका अध्यक्ष निङ्मा शेर्पाले बङ्गाल सरकारबाट जारी गरिने एक वर्षको काउन्टर साइन परमिट अहिले जारी नगरिएको हुनाले समस्या भइरहेको बताए। उनले भने, हामीलाई अहिले धेरै समस्या भएको छ, बङ्गाल सरकारको मोटर भेकल र पुलिस विभागद्वारा सिक्किमको वाहन पक्रिएर पाँच हजार रूपियाँ भन्दा धेरै फाइन लगाइरहेको छ।

गत 28 फरवरीदेखि बङ्गालको मोटर भेकलले सिक्किमको सिफारिस अस्वीकार गर्दै ट्रक र अन्य सानो व्यावसायिक ट्याक्सी वाहनहरूलाई धेरै समस्या भएको अध्यक्ष शेर्पाले बताए। सङ्गठनले दुवै सरकारले मिलेर सधैँको निम्ति पारदर्शी ढङ्गमा ट्रान्सपोटर र पर्यटक वाहन सबैलाई सुचारू रूपले चल्न दिनुपर्ने माग गरेका छन्।

अर्कोतिर सिक्किम सरकारको यातायात तथा परिवहन विभागका सचिव एसबीएस बदौरियाले काउन्टर साइन परमिटबारे कुनै लिखित जानकारी आधिकारीक रूपमा सिक्किम सरकारको विभागसमक्ष बङ्गाल सरकारबाट प्राप्त नभएको बताए। उनले यसबारेमा बङ्गाल सरकारलाई चिट्ठी पनि लेखिसकेको बताए। यसका साथै अहिलेसम्म पुरानै रेसिपोकल सम्झौता यथावत रहेको हुनुपर्ने बताउँदै आधिकारिक कुनै जानकारी नभएको पनि बताए। यसबारेमा सरकारको पक्षबाट बङ्गाल सरकारको सम्बन्धित विभागसित कुरा गर्ने बताए।

उल्लेखनीय छ आज राष्ट्रिय सामाचार माध्यमहरूमा पश्चिम बङ्गाल सरकारको यातायात विभागका मन्त्री सुबेन्दु अधिकारीले सिक्किमसित भएको यातायात सम्झौता रद्द गरेको मन्तव्य व्यक्त गरेका छन्। यसलाई लिएर सिक्किमको चालक र ट्रान्सपोर्टरहरूमा व्यापक खुल्दुली मच्चिएको छ। यद्यपि सिक्किम सरकारको सचिव बदौरियाले भने यसबारे सरकारलाई कुनै आधिकारिक जानकारी नआएको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares