‘म मृत्युसँग डराउँदिन’ भन्थे हकिङ : केही रोचक कुरा

भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ । सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलबारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ। हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’

‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’

वर्तमान युगका महान वैज्ञानिक स्टिफन हकिङ यसै भन्थे ।  शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने वैज्ञानिक थिए। जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए। उनको पढाई-लेखाई राम्रो थिएन। उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए। तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर। शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन्। उनै महान वैज्ञानिकले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचारहरु यहाँ उल्लेख गरिएको छ, जसले हाम्रो जीवन र दृष्टिलाई बदल्न सक्छ।

हकिङबारे

  • जन्म – ८ जनवरी १९४२, अक्सफोर्ड, बेलायत
  • अक्सफोर्ड विश्वविद्यालयमा १९५९ मा प्राकृतिक विज्ञानको अध्ययन, क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी प्राप्त
  • १९६३ मा २१ वर्षको उमेरमा उनमा मोटोर न्युरोन रोग रहेको पत्ता लागेको थियो र चिकित्सकहरूले २ वर्ष बाँच्ने बताएका थिए
  • १९७४ मा ब्ल्याक होलहरूले “हकिङ रेडिएसन” उत्सर्जन गर्ने सिद्धान्त पत्ता लगाए
  • १९८८ मा “अ ब्रीफ हिस्ट्री अफ टाइम” पुस्तक प्रकाशित गरे, जुन हालसम्म १ करोडभन्दा बढी बिक्री भइसकेको छ।

 

रोग

२१ वर्षे एक युवा । जसको सपना थियो– यो संसारलाई बदलूँ ।

तर, सोचेको जस्तो भएन । अचानक त्यो सपनामा ठेस लाग्यो । चल्दाचल्दै एक दिन ती युवा ढले ।

पहिले सोचिएको थियो– यो सामान्य हो, खासै केही भएको छैन । तर, चिकित्सकले जब चेकजाँच गरे, अनि बल्ल भयंकर रोग लागेको थाहा भयो ।

यो सुन्दा अपत्यारिलो घटना हो– स्टेफन हकिङको जीवनको ।

त्यति बेला स्टेफन हकिङ २१ वर्षका मात्र थिए । र, चिकित्सकले उनलाई उमेरको काउन्टडाउन दिएका थिए– अब तिमी २/३ वर्षमात्र बाच्छौँ ।

सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङका पिता रिसर्च बायोलोजिस्ट थिए । उनी जर्मनीको बमबारीबाट बच्नका लागि लन्डनबाट अक्सफोर्डमा गएर बसेका थिए ।

हकिङको पालनपोषण लन्डनमा भयो । उनी सेन्ट अल्बंसमा पनि बसे । अक्सफोर्ड विश्वविद्यालयबाट फस्र्ट क्लास डिग्री लिएपछि स्टेफन क्याम्ब्रिजमा गए ।

सन् १९६३ मा यही विश्वविद्यालयमा हुँदा उनलाइ यो भयंकर रोग लागेको थाहा भयो ।

कलेजमा हुँदा हकिङलाई घोडचडीमा बहुतै शोख थियो । तर, जब उनी बिरामी भए, उनले उनको यो बिमारी त्याग्नु पर्ने भयो ।

सन् १९६४ को कुरा हो । उनी जेनसँग विवाह गर्ने तयारी गरिरहेका थिए । चिकित्सकले त्यति बेला नै उनलाई दुई देखि तीन वर्ष मात्र बाँच्ने अल्टिमेटम दिए ।

तर, हकिङलाई भाग्यले साथ थियो । उनको यो बिमारी विस्तारै फैलियो ।

उनलाई लागेको यो बिमारी थियो– मोटर न्युरोन डिजिज ।

एनएचएसका अनुसार यो एक असाधारण स्थिति हो जसले दिमाग तथा स्नायुमा असर गर्छ । यसले शरीरमा कमजोरी पैदा गर्छ र विस्तारै यो बढ्दै जान्छ ।

यो बिमारीको कुनै उपचार छैन, यो लागेपछि मृत्युलाई कुर्नु नै अन्तिम विकल्प हो ।

यो बिमारी लाग्न सुरुवात हुँदा कमजोरी महसुस हुन्छ, हिड्दा एक व्यक्ति लडखडाउन सक्छ । बोलीमा पनि कमजोरी देखिन थाल्छ । मासंपेशीमा विस्तारै तनाव हुन्छ र मासंपेशीहरु दुख्न थाल्छन् ।

मोटर न्युरोन बिमारी त्यस्तो समस्या हो जो कसैलाई पनि हुनसक्छ । तर, यो अधिकांश ६०÷७० वर्ष पारका व्यक्तिहरुमा देखिन्छ ।

 

केही रोचक

१. भौतिकशास्त्रमा यति धेरै कहलिएका हकिङले अहिलेसम्म नोबेल पुरस्कार पाएनन्।

२. शारीरिक रूपमा अशक्त भए पनि अनुसन्धान गर्ने र यौन प्यास मेटाउने उनको इच्छाशक्ति भने प्रबल थियो। विभिन्न अनुसन्धानमा निरन्तर सरिक रहेका उनी सेक्स क्लबमा गइरहन्थे।

३. स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे । ९ वर्षको उमेरमा उनी खराब नजिता ल्याउने विद्यार्थीको सूचीमा परेका थिए।

४. स्कुले जीवनमा लद्दु भए पनि उनको ‘निक नेम’ भने आइन्सटाइन  थियो। अर्को रोचक कुरा के भने आइन्सटाइन पनि स्कुले जीवनमा कमजोर विद्यार्थीमा गनिन्थे।

५. स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन भने उनलाई प्रायः आउँदैनथ्यो । उनको यस्तो बानीले घरका सबै दिक्क भएका थिए।

६. अन्तरिक्षमा रहेको कालो छिद्र (ब्ल्याक होल) बारे संसारलाई धेरै जानकारी छैन। किनकि, यसबारे कसरी अनुसन्धान सुरु गर्ने भन्ने भेउ नै कसैलाई छैन। तर, हकिङले सबैभन्दा बढी अध्ययन यही ब्ल्याक होलबारे नै गरेका थिए।

७. हकिङको यो भनाइ सबैभन्दा बढी चर्चित छ, ‘ब्रह्मान्डको सीमा स्थितिबारे अत्यन्त विशेष कुरा पक्कै छ। ब्रह्मान्डको कुनै सीमा नै छैन भन्ने कुराभन्दा विशेष अरू के हुन्छ र?’

८. २२ वर्षको उमेरमा स्नायुसम्बन्धी रोगबाट पीडित भएपछि हकिङलाई डाक्टरले ‘यो केही वर्षमात्र बाँच्छ’ भनेका थिए। त्यसपछि उनी पक्षघातको शिकार भएका हुन्। ७६ वर्षको उमेर आज उनको निधन भएको छ।

९. वैज्ञानिक भएर पनि यति धेरै चर्चामा रहने हकिङ पहिलो सेलिब्रिटी हुन्। उनी द सिम्प्सन, स्टार ट्रिकलगायत सुपरहिट टेलिभिजन कार्यक्रममा अतिथि बनिसकेका छन्। कुनै पनि वैज्ञानिकले जीवित छँदै उनको जति चर्चा पाएका थिएनन्।

१०. हकिङले दुई पटक बिहे गरे। तर, उनको दुवै विवाह असफल भयो। सन् १९६५ मा जेन वाइल्ड नाम गरेकी युवतीसँग बिहे गरेका थिए। उनीबाट हकिङले तीन सन्तान प्राप्त गरे। जेनलाई छोडेर हकिङ पछि इलेन मेसन नाम गरेकी नर्ससँग लहसिए। उनीहरूले सन् १९९५ मा बिहे गरे। सन् २००६ मा उनीहरूको सम्बन्ध–विच्छेद भयो।

११. उनको आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर पुस्तक हो। यसको अढाइ करोड प्रति दुई वर्षअघि नै बिक्री भइसकेको थियो।

१२. हकिङले विश्व तापमान, नयाँ खालका भाइरस र पुच्छ्रेताराको असरबाट मानव जीवन अन्त्य हुनेछ भन्ने भविष्यवाणी गरेका थिए।

१३. सन् २००९ मा उनलाई अमेरिकामा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरिएको थियो। अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो।

१४. सृष्टिको उत्पत्तिसम्बन्धी वैज्ञानिक तथ्य पेस गरेका हकिङको क्रिस्चियन धर्मका सर्वोच्च गुरु पोपसँग सुमधुर सम्बन्ध थिएन। पोप रहने इसाई राष्ट्र भ्याटिकनमा आयोजना भएको खगोलशास्त्रसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन जाँदा पोपले उनको आलोचना गरेका थिए। ‘द ग्रान्ड डिजाइन’ किताबमा उनले सृष्टिको उत्पत्ति कसरी भयो भन्ने उल्लेख गरेका छन्।

१५. स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्थे।

हकिङ-का प्रेरक भनाइहरू

१. स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे। त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

२. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

३. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

४. चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

५. पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

६. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

७. मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।

८. मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

९. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१०. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

११. विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।

१२. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१४. म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

१५. म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१६. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

१७. केही पनि छैन, जो सधैं रहन सक्दैन ।

१८. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

(विभिन्न अनलाइनहरूबाट)

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares