सिक्किम सरकारको गैर जैविक उत्पादमा प्रतिबन्ध लगाउने निर्णय : किसान र जैविक पसलेमा खुसीको लहर, अन्य पसले हताश

गान्तोक, 14 मार्च।


सिक्किम बाहिरको गैर जैविक सागसब्जी आयतमा प्रतिबन्ध लगाउने सिक्किम सरकारको फसेलालाई आधिकारीक मोहर लगाउँदै सिक्किम सरकारको गृह विभागले एक अधिसूचना जारी गरेपछि किसान र जैविक उत्पाद बिक्रेताहरूमा खुसीको लहर छाएको भने गैरजैवित तथा मधेशको साग-सब्जी तथा फलफूल बिक्रेताहरू भने हताश बनेका छन्। सिक्किम सरकारको गृह विभागले अधिसूचनामा राज्यमा उत्पादित जैविक साग-पात र फलफूलको सूची जारी गर्दै ती उत्पादहरू राज्य बाहिरबाट आयत गर्न नपाइने उल्लेख छ। गत 10 मार्चको दिन उक्त अधिसूचना जारी गरिएको हो।

उल्लेखनीय छ आगामी 31 मार्चदेखि उता सिक्किम बाहिरका गैर जैविक साग पात र फल फूल आयत गर्न नपाइऩे सरकारले पहिलेबाटै घोषणा गरिसकेको छ। यद्यपी यसबारेमा चुडान्त निर्णय लिएर सरकारले गैर जैविक उत्पादमाथि रोक लगाउने मिति तय गरेर अर्को अधिसूचना नै जारी गर्ने भएको छ। यसबारेमा कृषि तथा वागवानी विभागका सचिव खोरलो भोटियाले भने, सरकारले राज्यलाई स्वनिर्भर बनाउने दिशामा लिइएको प्रयासको प्रतिरुप हो यो पहल। यसलाई पूर्ण रूप सफल बनाउन किसान र व्यापारी सबैले जिम्मेवारी लिएर सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने भएको छ।

उनले गैरजैविक उत्पादनलाई सिक्किममा प्रवेश गर्न चेकपोष्टमा रोक नलगाउने तर बजारमा गएर पसलहरूमा जाँच गरेर गैरजैविक उत्पादन बिक्रीमा राखिएको पाए जफ्त गरेर नष्ट गर्ने बताएकाछन्। उत्पादन बन्द गर्ने मिति बारे केही दिनमा दोस्रो अधिसूचना जारी गर्ने सचिव भोटियाले जानकारी दिए। यसका साथै गैरजैविक उत्पादनमा प्रतिबन्ध लगाउने निर्णयमाथि थप पोलिसी तयारीको निम्ति आगामी 16 मार्चको दिन उच्च समितिको बैठक रहेको बताए। सिक्किमको जैविक मिशनबारे देश विदेशबाट सिक्ने शोधार्थीहरू आइरहेको बताए। आजै पनि पुण्डुचेरीका आठजना अधिकारीले भ्रमण गरिरहेका छन्।

यसरीनै सिक्किमका आम जनता र व्यापारीहरूले यो मिशनलाई सफल पार्न आफ्नो जिम्मेवारी र कर्तव्यको रूपमा लिन आवश्यक रहेको बताए। सरकारको यो निर्णयलाई मुख्यमन्त्री पवन चामलिङले सिक्किम जैविक मिशनको दोस्रो चरणको क्रान्ति बताएकाछन्। अर्कोतिर राजधानी गान्तोकको लाल बजार र सुपरमार्केटमा जैविक र गैर जैविक साग-पात तथा फलफूल बिक्रेताहरूमा खुसी र हताशको लहर छाएको छ।

जैविक उत्पाद बिक्रेताहरूले सरकारको निर्णय जनमुखी रहेको तथ अब उसो किसान गाउँलेहरूको पनि दिन फर्किएर आएको बताएका छन्। अर्कोतिर मधेशबाट आयत गरेर ल्याइएका गैर जैविक सब्जी बिक्रेताहरूमा भने निराशा छाएको छ। उनीहरू भन्छन्, 6 लाख 10 हजार जनसंख्यालाई पुग्ने सब्जी सिक्किममा हुँदैन । यद्यपी सरकारको निर्णयलाई ध्यानमा राखेर धेरै जनाले आफ्नो पेशा परिवर्तन गर्ने तथा अन्य व्यावसायमा लाग्ने निर्णय पनि गरिसकेको बताएका छऩ्। यद्यपी केही व्यापारीहरूले भने सरकारले यो निर्णय़ चाडै लागु गरिदिएको खण्डमा आफूहरू छिटटै देश फर्केर जान पाउने मन्तव्य पनि निराशामिश्रित स्वरमा पोखेका छऩ्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares