सबै भन्दा धेरै 371 एफ उलङ्घन गर्ने सरकारले सुरक्षाको कुरा गर्न सुहाउँदैनः एसएनपीपी

गान्तोक, 14 मार्च।


सिक्किम नेशनल पिपल्स पार्टी (एस एन पी पी)ले सिक्किमको सत्तारुढ सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) सरकारले सयौं पटक संविधानको धारा 371 एफलाई उलङ्घन गरिसकेको गम्भिर आरोप लगाएको छ। एस एन पी पी अध्यक्ष विराज अधिकारी र प्रमुख संयोजक दिल्ले नाम्ग्यालले पत्रकार सम्मेलनमा गत विधानसभाको बजेट सत्रमा मुख्यमन्त्री पवन चाम्लिङले विपक्षी दलहरुले सरकारमाथि 371 एफ उलङ्घन गरेको आरोप लगाउने गरेको मन्तव्यमाथि प्रतिक्रिया गर्दै यस प्रकारको मन्तव्य गरेका हुन्।

अध्यक्ष अधिकारीले भने हाम्रो पार्टीले पार्टी गठन भन्दा पहिले नै 371 एफ माथि काम गरेर जनतालाई बुझाउने कार्यक्रम सम्पन्न गरेको थियो। 2002 सम्म मात्र राज्य सरकार र केन्द्र सरकारले 183 पटक संविधानले सिक्किमको सुरक्षाको निम्ति दिएको विषेश प्रावधानलाई अतिक्रमण गरेर उलङ्घन गरिसकेको छ। अध्यक्ष अधिकारीले भने हाम्रो पार्टीको मुद्दा नै सिक्किमको सुरक्षा र सम्मान हो तर मुख्यमन्त्री चामलिङ यसमा गम्भिर नभएको कुरा विधानसभामा समेत भ्रमित वक्तव्य दिएको कुराले स्पष्ट हुन्छ। उनले भने बजेटको अरू कुरा सामान्य हुन् त्यसमा पार्टीले केही भन्नु छैन।

तर सिक्किमको सुरक्षा कवचमाथि खेलबाड सहन गरिने छैन। यो विषयमा सरकार गम्भिर हुनु पर्ने माग गरे। यसैगरि उनले सिक्किमको सुरक्षा कवच 371 एफ पटक पटक उल्घन गर्नेमा राज्य सरकार 80 प्रतिशत दायी रहेको तथा 20 प्रतिशत केन्द्र सरकार दायी रहेको उनले ठोकुवा गरे। उनले सरकारले सबैभन्दा धेरै 371 एफ उलङ्घन गरेर सुरक्षाको कुरा गर्न सुहाउँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares