आईसीको अडियोमाथि सीआईडी जाँच गराइने : सांसदले गरे एनआईए जाँचको माग

दार्जीलिङ, 14 मार्च।


दार्जीलिङ सदर थानाका आईसी सोम्यजीत रोय र अच्युत्तम भट्टराईमाझ भएको गाली र धम्कीपूर्ण अडियो क्लीप काण्डमाथि दार्जीलिङ पुलिसले एसपी स्तरको जाँच शुरू गर्ने निर्देश दियो। यसका साथै दार्जीलिङ पुलिसले यस अडियो क्लीप काण्डमाथि सीआईडी जाँच पनि गराउने अपील गरेको छ।

गत 9 मार्चको दिनदेखिनै दार्जीलिङका आईसी सोम्यजीत रोय र गिङ निवासी अच्युत्तम भट्टराईमाझ भएको बातचितको अडियो क्लीप भाइरल भएको थियो, जसपछि चौतर्फी विरोध शुरू भएको थियो। उक्त अडियो क्लीपमा आईसी रोयले अभद्र शब्दमा अच्युत्तममाथि गाली गरेको साथै उनको घर जलाउऩे, आमा र बहिनीलाई बलात्कार गर्ने जस्ता धम्की दिएका थिए। यो अडियो भाइरल हुनसाथ अच्युत्तमकी आमा शकुन्तला भट्टराईले दार्जीलिङ डीएसपी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन्।

जुन उजुरी हिजो साँझपख प्राप्त भएको दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीले आज बताए। उनले भने-एउटा अडियो क्लीप सार्वजनिक भएको छ, जुन अडियोमा दार्जीलिङ सदर थानाका आईसी सोम्यजीत रोयले अच्युत्तम भट्टराईलाई धम्काएको साथै गाली सुनिन्छ। यसको विरोधमा अच्युत्तम भट्टराईकी आमा शकुन्तला भट्टराईले पुलिसमा उजुरी गरेकी छन्, जुन उजुरी पुलिसलाई हिजो साँझपख प्राप्त भएको छ।

यसैले यस अडियो क्लीपमाथि एसपी स्तरका अधिकारीको जाँच गर्ने निर्देश दिइएको छ। यति मात्रै होइन, उनले दार्जीलिङ आईसीको दोष भेट्टाइए उऩी विरूद्ध विभागीय साथै कानूनी दुवै तरिकाको कार्वाही गरिने पनि जनाए। यसका साथै उनले अच्युत्तम भट्टराईकी आमाको घरमा पुलिस सुरक्षा दिइएको पनि जानकारी गराए। उनले भने-कुनै पनि अधिकारीले जनतामाथि अभद्र व्यवहार गर्छ, उनीहरू विरूद्ध पुलिसले अवश्यै कार्वाही गर्छ।

यसैबीच, एक मानव अधिकार संस्थासित जड़ित रिसीका छेत्री, अच्युत्तमकी आमा शकुन्तला भट्टराई, दिदी मित्र भट्टराईले यहाँ एक पत्रकार सम्मेलन गरेर पुलिसले आज 1.45 बजी मात्रै उजुरी स्वीकार गरेको बताए। तरै पनि यसमाथि सीआईडीको साटो एनआईए वा सीबीआई जाँचनै गराउनुपर्ने अनि आईसी पक्कै दोषी प्रमाणित हुन्छ भने उनी विरूद्ध कार्वाही हुनैपर्ने माग गरे।

यसबारे रिसीका छेत्रीले भनिन्-हामी 48 घण्टासम्म चुप लागेर बस्नेछौं, यस अवधिसम्म पनि दोषी पुलिस अधिकारी विरूद्ध कार्वाही हुँदैन भने कठोर कदम उठाइनेछ। स्मरण गराइन्छ, दार्जीलिङ सदर थानाका आईसी सोम्यजीत रोयले अच्युत्तम भट्टराईलाई अभद्र भाषामा धम्की दिएको अडियो भाइरल भएको विषयलाई दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि कठोर शब्दमा विरोध जनाउँदै यस विरूद्ध केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको पनि ध्यान आकर्षण गराएका छन् अनि यसमाथि उनको हस्तक्षेपको माग गरेका छन्।

यसका साथै सांसद आहलुवालियाले यस अडियो क्लीपमाथि एनआईए जाँच गराउन अनुमति दिने पनि गृहमन्त्री राजनाथसमक्ष अनुरोध गरेका छन्। यसै सम्बन्धमा दुइ दिनअघि मात्रै अच्युत्तमकी आमा शकुन्तला भट्टराईले यहाँ पत्रकारहरूसित कुराकानी गर्दै धेरै डर लागिरहेको बताएकी थिइन्।

तर आज घरमा 5 जना पुलिसकर्मीले लगातार पहरा दिइरहेको कारण केही ढुक्क लागेको पनि बताइन्। हिजोसम्म रातीको समय घर बाहिर कोही हिँड्दा पनि मेरै घर जलाउन वा हामीमाथि नराम्रो कर्म गर्न आएको जस्तो लागिरहन्थ्यो। यसैको विरोधमा शकुन्तला भट्टराईका साथै अच्युत्तमकी दिदी-बहिनीहरू क्रमैले मित्र भट्टराई छेत्री र रोमा भट्टराईले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय नारी आयोग, राज्यपाल, केन्द्रिय गृहमन्त्री, प्रधानमन्त्री, दार्जीलिङका सांसद आहलुवालियाका साथै बंगालका डाइरेक्टर जेनरल अफ् पुलिसलाई पत्र पठाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares