जड़िबूटीमा आधारित पत्रिका प्रकाशनबारे चर्चा

सजन शर्मा /सुके -पोख्रेबुङ, 14 मार्च ।


सञ्जिवनी स्वनिर्भर दल राङभाङ बालसन अञ्चलको सभा आरपी बानुचाको अध्यक्षतामा सम्पन्न भयो । सचिव मोहन प्रधानले सञ्चालन गरेको सभामा पीबी मुखिया,पीआर सुब्बा,अमीर राई,हिरण राई,एनडी राई,एसएम वाङदेल आदिको विशेष उपस्थिति रहेको थियो ।

सभामा दार्जीलिङ पहाड़ी क्षेत्रमा पाइने औषधिय वसन्पती तथा जड़िबूटीमा आधारित पत्रिका प्रकाशनबारे व्यापक चर्चा गरियो । सम्बोधनको क्रममा वक्ताहरूले यस क्षेत्रमा पाइने जड़ीबुटी तथा औषधिय वनस्पतीको संरक्षण र सम्वर्द्धनमा सङ्गठनले गर्दै आएको कार्य प्रणालीमाथि प्रकाश पारेका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares