बाटो बनाइने

सजन शर्मा /सुके-पोख्रेबुङ 14 मार्च ।


पोख्रेबुङ बजारदेखि समरीपानी जाने सड़कमार्गको जीर्ण अवस्था साथै सर्वसाधरणको असुविधालाई केन्द्र गरेर जीटीए बिओए चेयरम्यान विनय तामाङ तथा भाइस चेयरम्यान अनित थापाले समरीपानी फाटकदेखि दुइ किलोमिटरको दुरत्वसम्म जीर्णोद्धार कार्य शुरू गर्न निर्देश दिएकोमा मोर्चा समरीपानी शाखा प्रमुख अनुप बराइलीले आभार प्रकट गरेका छन् । पूर्व सभासद् ज्योतिकुमार राई अनि मोर्चा पोख्रेबुङ-चामोङ समष्टि समितिको पनि विशेष योगदान रहेको उनले जनाएका छन् । लगभग पाँच किलोमिटर अधिक रहेको समरीपानी जाने सड़कमार्गको रहल तीन किलोमिटर पनि अविल्म्ब जीर्णोद्धार गर्न सकिए वाहन चालकसँगै सर्वसाधरणले ठूलो राहत पाउने उ बराइलीले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares